झापाका राश्वपा उम्मेदवार विदेशीको दलाल, मानव तस्कारीदेखि प्रहरीमा हुँदा फर्जी सुराकी भएर पैसा ठग्नेसम्मझापा–४ का राश्वपा उम्मेदवार ढकाल प्रहरी हुँदा फर्जी सुराकीको भत्ता खान्थे
झापा– झापामा प्रतिनिधिसभाका लागि ५ वटा क्षेत्र छन् । बाँकी ४ वटा क्षेत्रहरू पनि उत्तिकै महत्त्वपूर्ण र निर्णायक छन् । तर, बहसको मूलधारमा क्षेत्र नम्बर ५ मात्रै छ । जसमा ५ वटै निवार्चन क्षेत्रका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विवादमा मुछिएका छन् । झापाका राश्वपा उम्मेदवार मानव बेचबिखनदेखि प्रहरीको सुराकीको सूचना बेचेर पैसा कमाउनसम्म रहेका छन् ।

बहसको मूलधारमा क्षेत्र नम्बर ५ मात्रै छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले उम्मेदवार केपी शर्मा ओली र रास्वपा उम्मेदवार बालेन शाह चर्चाको केन्द्रमा छन् ।
झापा–नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीको गृहक्षेत्र हो । ओलीको क्षेत्र हुनुले स्वाभाविक रूपमा भीआईपी क्षेत्र बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको उम्मेदवारीले यो क्षेत्रलाई झन् चर्चामा ल्यायो । उनी स्यंम विदेशीको इसारामा झापा–५ मा गएको आरोप छ ।
![]() |
![]() |
![]() |
|---|
बालेनमाथि जेनजी आन्दोलनमा आफु लुकेर अरुलाई अगाडी बढाएको र कामभन्दा बढी चर्चामा पछि दौडिने भन्ने आरोप छ र उनले यसको खण्डन गरेका छैन ।
झापा–४ मा एमालेबाट लालप्रसाद (एलपी) सावाँ उम्मेदवार छन् । रास्वपाले यो क्षेत्रमा शम्भुप्रसाद ढकाल, कांग्रेसबाट देउमान थेबे, नेकपाबाट पुरुषोत्तम चुडाल र राप्रपाबाट भक्तिप्रसाद सिटौला चुनावी मैदानमा छन् ।
जसमा राश्वपा उम्मेदवार शम्भुप्रसाद ढकाल पुर्व प्रहरीका सईको जागिर छाडेका नेता हु्न । उनले सईकै जागिर छाडेर पुर्व प्रहरीका एआईजी रमेश खरेलको पछि दौडिएका व्यक्ति हुन् । उनी प्रहरीमा हुँदा रमेश खरेलसँग मिलेर फर्जी सूचना दिएर पैसा कमाउने प्रहरी समेत रहेको राश्वपाकै एक नेताले जानकारी दिए ।
Image Source: © https://mulpatra.com
रमेश खरेलसँग जागिर छाडेका ढकाल अन्तिममा राश्वपा गए । उनले रमेश खरेलसँगै जागिर छाडनुको कारण भने उनी प्रहरीमा हुँदा गोप्य सूचना दिएर प्रहरीसँग पैसा कमाउने गरेका थिए । जसका कारण उनले खरेलसँगै जागिर छाडेका थिए ।
रमेश खरेल सबैभन्दा लोकप्रिय र इमान्दार अधिकृतका रुपमा परिचित भएपनि उनले पनि पत्नी रञ्जु खरेललाई सुराकी बनाएर कमिसन खाएका छन । यस्तै ढकालले पनि उनैसँग मिलेर कतिपय सुराकी गरेको पैसा लिएको प्रहरी एक जना उच्च अधिकारीले जानकारी दिए । ‘ढकालपनि पहिला खरलेकै पार्टीमा थिए । पछि मात्र राश्वपा गएका हुन् । उनी प्रहरीमा हुँदा सुराकीमा नाममा भत्ता खाएर कुरा वाहिरीपछि खरेलसँगै जागिर छाडेर हिडेका थिए । अहिले उनी राश्वपामा छन् ।’ उनले भने ।
खासगरी तराईका जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले दैनिक लाखौंको भन्सार छलीको सामान बरामद गर्छ । कतिपय सुराकीकै आधारमा र कतिपयमा नियमित चेकिङका क्रममा बरामद हुन्छ । भन्सार छलीका सामानहरु बरामद गर्दा आफन्तलाई सुराकी बनाएर कमिसन खाने चलन प्रहरीमा पुरानै हो ।
यस्ता सामानहरु बरामद गर्दा प्रहरीले छुट्टै भत्ता पाउने भएकाले सुराकी नै नहुँदा पनि काल्पनिक सुराकी खडा गरेर पैसा लिने गरिन्छ । यसमा ढकालपनि संलग्न भएर पैसा खाएको प्रहरी स्रोतले बताएको छ । यस विषयमा सोध्दा उनले आफनो बदनाम गराउन कसैले आरोप लगाएको भन्दै तर्किए ।
गत निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बुले जितेका थिए । उनले २९ हजार ३१५ मत ल्याउँदै निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेलाई हराए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले १४ हजार ४९ मत ल्याएका छन् । साँवा २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
झापा–२ मा प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगर प्रतिस्पर्धा गरिरहेका छन् । घिमिरे २०७९ सालको निर्वाचनमा एमालेबाट विजयी भएर सभामुख भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक कोटाबाट सांसद हुँदै उपसभामुख बनेकी इन्दिरा राना पहिलो पटक प्रत्यक्ष निर्वाचनमा होमिएकी हुन् । उनीपनि अमेरिका कार्यक्रममा मान्छे लैजान आरोप लागेकी व्यक्ति हुन् ।
रानाले उपसभामुख हुँदा केही कार्यक्रममा मानछे लैजान पत्रचार गरेकी थिइन् ।
यो क्षेत्रमा नेकपाबाट धर्मशीला चापागाई उम्मेदवार छिन् । नेपाली कांग्रेसबाट सरिता प्रसाईं उम्मेदवार छिन् । गत निर्वाचनमा सम्मानजनक मत ल्याएका अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल) राप्रपाबाट उम्मेदवार छन् ।
झापा – ३ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन हेभीवेट उम्मेदवार छन् । यो क्षेत्र कांग्रेसका शीर्ष नेता कृष्णप्रसाद सिटौलाको पनि हो । तर,उनी यो पटक चुनावी मैदानमा छैनन् । क्षेत्र नम्बर ३ मा नेकपा एमालेले हरिबहादुर राजवंशीलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले राजेन्द्रकुमार घिमिरे र नेकपाले डिल्लीराम घिमिरेलाई उम्मेदवार बनाएको छ ।
रास्वपाले प्रकाश पाठकलाई मैदान उतारेको छ । पाठक जग्गा बेचबिखनमा ठगीमा मुद्दा परेका व्यक्ति हुन् । उनका कतिपय मुद्दा अहिलेपनि विचारधिन अवस्थामा रहेको राश्वपाकै नेताहरु बताउँछन् ।
झापा–१ नेपाली कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा निर्वाचित भएको क्षेत्र हो । तर, उनी यो पटक चुनावी मैदानमा छैनन् । कांग्रेसबाट यो क्षेत्रमा केशवराज पाण्डे उम्मेदवार छन् । नेकपा एमालेले रामचन्द्र उप्रेतीलाई उम्मेदवार बनाएको छ ।
रास्वपाले पूर्वसांसद निशा डाँगीलाई उम्मेदवार बनाएको छ । उनीपनि कामभन्दा बढी आरोप लगाउने नेता हुन् । राश्वपा सांसद हुँदा गफ मात्र धेरै दिएकी व्यक्ति हुन् । यस क्षेत्रमा नेकपाले इन्जिनियर अशेष घिमिरेलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा दल र स्वतन्त्र गरी १४ जना उम्मेदवार छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



