अब देशका संरचना जल्न पाउने छैनः ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब देशका कुनै पनि संरचना जल्न नपाउने दावी गरेका छन् । नेकपा (एमाले) ले पार्टीले नेशनल युथ फोर्स गठन गरेकाले अब कुनै पनि देशका सर्वोच्च संरचना जल्न नदिने दाबी गरेका हुन् ।

सोमबार ओलीको निर्वाचन क्षेत्र झापा ५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जेन जेड आन्दोलन हुँदा आफ्नो पार्टीले नेशनल युथ फोर्स गठन नगरेकाले देशका सर्वोच्च संस्थाहरू जलेको बताएका छन् ।
सम्बोधन गर्दै ओलीले आगामी चुनावमा कसैले बुथ कब्जा गर्ने कल्पना नगर्न चेतावनी दिए।उनले एमालेबाहेक अरू कसैले हामीले देशका लागि काम गरेका छौँ भन्न नसक्ने जिकिर गरे। उनले देशमा काम धेरै भइरहेको र अधुरा काम पूरा गर्न बाँकी रहेको बताए। उनले आगामी चुनावमा कसैले बुथ कब्जा गर्ने कल्पना नगर्न चेतावनी दिए।
![]() |
![]() |
![]() |
|---|
युथफोर्स गठनबारे उनलेभ भने ‘युथफोर्स एउटा संगठीत अनुशासित देश र जनताप्रति,लोकतन्त्रप्रति प्रतिबद्ध फोर्स हो । यस संगठनले देशलाई, जनतालाई माया गर्दछ र शान्ति स्थापनाका लागि काम गर्दछ । यो फोर्स एमालेको जनवर्गीय संगठन हो । यसले पार्टीका कार्यक्रम साकार पार्न काम गर्छ । नेकपा एमाले देशमा शान्ति चाहन्छ । एमालेले भन्छ–देश पहिलो । अरू कुरा भन्दा देश पहिले । त्यस मन्त्रलाई अघि राखेर फोर्सले अनुशासित ढंगले काम गर्छ । यो चुनावका लागि गठन गरिएको फोर्स होइन । सधैँका लागि हो ।’



