राजासहित सबै जनतालाई सडकमा आउन प्रसाईको आग्रह, पुर्वराजा नै सडक ओर्लिने संकेत
काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले राजा ज्ञानेन्द्र शाह सडकमा आउन अपिल गरेका छन् ।

प्रसाईले यही फागुन १७ गते राजा शाह देश बचाउन सडकमा आउने संकेत गरेका कारण सबै सर्वसाधारणलाई पनि सडकमा ओर्लिन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रसाईंले यस्तो दावी गरेका हुन् । उनले लेखेका छन्, ‘राजपरिवारका सदस्यहरु स्वयम् अब राष्ट्रको रक्षा, धर्मको संरक्षण तथा सम्पूर्ण नेपाली नागरिकको हितका लागि सडकमा उत्रने तयारीमा रहनु भएको जानकारी गराउँदै, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही फाल्गुन १६ गतेभित्र काठमाडौँमा उपस्थित भइ राष्ट्रलाइ युक्रेन हुन बाट जोगाउन हार्दिक आह्वान गर्दछौँ ।’
![]() |
![]() |
![]() |
|---|
राष्ट्र, धर्म र नागरिकको सुरक्षा साझा जिम्मेवारी भएकाले सबैलाई एकजुट भई तन मन बचनले उपस्थित हुन उनले अनुरोध गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि अहिलेको अवस्था सामान्य नरहेको बताएकाले थिए । ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै उनले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन् ।
प्रहरीले सोमबार मध्यरात भक्तपुरस्थित निवासबाट दुर्गा प्रसाईंलाई गरेको थियो । सार्वजनिक शान्ति भंग गर्ने अभिव्यक्ति दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
Image Source: © https://mulpatra.com
आज प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल झिकाउन आदेश दिएको छ । सोमबार न्यायाधीशहरू नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगले कारबाही गर्न भनेर प्रहरीलाई पठाएको निर्णयसहितको सक्कल फाइल झिकाउन आदेश दिएको हो ।
‘निर्वाचन आयोगको फागुन ३ गतेको पत्रबाट अनुसन्धान गरी कारबाही गर्न लेखि पठाए बमोजिम निवेदक (दुर्गा प्रसाई)लाई पक्राउ गरिएको भन्ने खुल्न आएकोले सो आयोगबाट प्रसाईं उपर अनुसन्धान गरी कारबाही गर्न लेखी पठाउने भनेर गरेको निर्णयसहितको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउनू,’ सर्वोच्चको आदेशमा भनिएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



