साम्बाको उपचार गर्ने जिम्मा क्लबको भनेर पत्रचार गरेको एन्फाको उत्तरदायित्व के ?एन्फाका नेतृत्वको सेवा–सुविधा ३ गुणा
काठमाडौं– सोमबार राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको भन्दै उपचारका लागि आर्थिक सहयोगको अपिल गरिन ।

सामाजिक सञ्जालमार्फत उनले पछिल्लो सात हप्तादेखि चोटका कारण मैदानबाहिर रहनुपरेको जानकारी दिँदै यसअघि गरिएको शल्यक्रियामा हालिएको ग्राफ्ट र एमसिएल (मिडियल कोलेटरल लिगामेन्ट) दुवैमा गम्भीर क्षति पुगेको उनले नै बताएकी छिन् ।
चोट लागेको तीन सातापछि क्लबको पहलमा शल्यक्रियाको मिति तय भए पनि एन्फाले आफ्नै तर्फबाट पहल गर्ने बताउँदै प्रक्रिया अघि नबढाएको उनले बताएकी छन् । हाल उनी अष्ट्रेलियाको ए–लिगअन्तर्गत व्यावसायिक क्लब वेलिङ्टन फोनिक्स एफसीबाट खेल्दै आएकी छन् ।
![]() |
![]() |
![]() |
|---|
साम्बाको हकमा पनि क्लबले न्यूजिल्यान्डमै उपचार प्रक्रिया अघि बढाएको जनाइएको छ । यद्यपि, साम्बाले कतारमा उपचार गराउने इच्छा व्यक्त गरेपछि एन्फाले आवश्यक पहल गरिरहेको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेतृत्वको पहलमा उपचार व्यवस्थापन र आर्थिक सहयोग प्राप्त भएकाले आफू समयमै पुनरागमन गर्न सफल भएको उनले स्मरण गरेकी छन् । तर यसपटक भने एन्फाबाट वाचा गरिएअनुसार सहयोग नपाएको उनको गुनासो छ ।
एन्फाले कतार फुटबल संघसँग औपचारिक तथा अनौपचारिक रूपमा समन्वय गरिरहेको र अध्यक्षस्तरबाट समेत पहल भइरहेको जानकारी दिएको छ । साथै परराष्ट्र मन्त्रालयमार्फत आवश्यक सहजीकरणका लागि पत्राचार गरिएको एन्फाले जनाएको छ ।
Image Source: © https://mulpatra.com
यता एन्फाको नेतृत्वमा पुगेका कर्मचारीको तलब भने खेलाडीको भन्दा दोब्बर छ । साम्बाले सहयोग माग्दा के क्लबलाई पत्रचार गर्नुपर्ने हो भन्ने प्रश्न पनि उठ्न थालेको छ ।
उपचारका लागि प्रारम्भिक रूपमा करिब ८० हजार अमेरिकी डलर खर्च हुने अनुमान छ । सरकारी स्तरबाट पनि सहयोगका लागि पहल भइरहेको भए पनि प्रक्रिया अपेक्षाअनुसार अघि नबढेकाले आफूले आम समर्थकमाझ सहयोगको अपिल गर्नुपरेको उनले बताएकी छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



