Close

Recent Posts

प्रसाईलाई विदेशी शक्तिकै दबाबमा पटक–पटक प्रधानमन्त्री र गहृमन्त्रीनै कारणबिना पक्रिन लगाउँछन्

सहमति कार्यान्यवन गर्नुभन्दा प्रसाईलाई पक्रिएर तर्कियो सरकार

प्रसाईलाई विदेशी शक्तिकै दबाबमा पटक–पटक प्रधानमन्त्री र गहृमन्त्रीनै कारणबिना पक्रिन लगाउँछन्सहमति कार्यान्यवन गर्नुभन्दा प्रसाईलाई पक्रिएर तर्कियो सरकार
  • १३ फाल्गुन २०८२, बुधबार १०:५७

काठमाडौं– मंगलबार सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई छाड्न आदेश दिएको थियो ।

mulpatra

तर प्रहरीले केही कारण देखाएर अहिलेसम्म छाडेको छैन । मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई छाड्न आदेश दिएको सर्वोच्चका सुचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । तर प्रसाई सरकार वकिल कार्यालयको रोवरमा छाड्न भने हिजो हिरासतमै राखियो ।

प्रसाईंलाई गत फागुन ४ गते भक्तपुरबाट प्रहरीले प्रकाउ गरेको थियो । यसका कुनै कारण नभएको र उनलाई पक्रिनुपर्ने कारण नभएको समेत सर्वोच्चले व्याख्या गरेको छ । प्रसाई पक्राउने मुख्य भुमिकामा प्रधानमन्त्री सुशिला कार्की र गृहमन्त्री ओम प्रकास अर्यालनै भएको प्रहरी स्रोतको भनाइ छ ।

mulpatra mulpatra mulpatra

प्रसाईले नयाँ–पुरानाको विरोध गर्दा कतिपय विदेशीको एजेन्टका रुपमा निर्वाचनमा होमिएको नेताहरु उनीसँग डराएको देखिन्छ । यसैकारण प्रसाईलाई नेपालको राजनीतिकमा आफनो स्वार्थ जमाइरहेको विदेशीहरुले पटक–पटक पक्रिन दबाब दिएको प्रहरीकै दाबी छ । यसमा निर्वाचन बिथोल्न त बाहानामा मात्र बनाइएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री र गृहमन्त्री प्रसाई समूहसँग गत पुसमा भएको सहमति कार्यान्यवन गर्नुभन्दा उनलाई पक्रिएर आफनो कार्यकाल सक्नेतिर लागेको प्रष्ट देखिन्छ । भ्रष्टाचार र ठगीका ठुला आरोपहरू बोकेका नेताहरू सुशासन, सदाचार र स्वच्छ राजनीतिको भाषण गरिरहेको प्रसाईले विरोध गदै आएका छन् । यसका कारण उनलाई पक्रिएर सरकारले टार्न खोजेको प्रसाई समुहको आरोप छ ।

प्रसाईले नेपालको राजनीतिमा क्यामोफ्लाजको प्रयोग भइरहेको समेत भिडियोमार्फत देखाएका थिए । यसका कारण युरोपन युनियन र अमेरिकाजस्ता देशप्रति लक्षित थियो । नेपालको राजनीतिमा दिउँसै रात पार्न खोज्नु जस्तै भइरहेको प्रसाईले देखाएका थिए ।

Image Source: © https://mulpatra.com

जनतालाई झुक्याएर आफ्नो स्वार्थ पूरा गर्ने प्रवृत्ति हावी भएको छ । नेपालको राजनीतिमा क्यामोफ्लाजको प्रयोगले जनताको विश्वासमाथि ठुलो खेलबाड भइरहेको छ भने देशको भविष्य अनिश्चितताको अँध्यारोमा धकेलिएको विषयमा उनको दबाब थियो ।

यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ बनाएर बयान लिएर छाडेको थियो ।

प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंकामा प्रहरीले उनलाई पटक पटक पक्राउ गर्दै आएको छ । माघ ५ मा पनि पोखराबाट पक्राउ परेका प्रसाईंसँग प्रहरीले बयान लिएर छाडेको थियो ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com