Close

Recent Posts

चुनाव आउन ६ दिन बाँकी हुँदा देउवा हिँडे सिंगापुर, आम कार्यकर्तामा चासो

चुनाव आउन ६ दिन बाँकी हुँदा देउवा हिँडे सिंगापुर, आम कार्यकर्तामा चासो
  • १४ फाल्गुन २०८२, बिहीबार १०:२९

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन आउन अब ६ दिन मात्रै बाँकी रहँदा शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन्। नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै उनी गएराति त्यता गएका हुन्।

mulpatra

अध्यागमन स्रोतका अनुसार देउवासँग केही निकट सहयोगीसमेत सिंगापुर गएका छन्। देउवा यसअघि पनि उपचारकै सिलसिलामा पटक–पटक सिंगापुर जाने गरेका थिए। गत भदौमा ‘जेन–जी’ आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमा भएको आक्रमणमा घाइते भएपछि उनको घाँटी र टाउकोमा समस्या देखिएको थियो। त्यसयता उनी नियमित ‘फलोअप’ उपचारमा रहेको बताइन्छ।

तर निर्वाचनको मुखैमा उनको विदेश प्रस्थानले नेपाली कांग्रेसभित्र र आम कार्यकर्तामाझ विभिन्न प्रश्न उब्जाएको छ। विशेष महाधिवेशनपछि पार्टी नेतृत्व गगन थापा ले सम्हालेका छन् भने टिकट वितरणमा पनि नयाँ नेतृत्व हाबी देखिएको छ। यसपटक देउवा स्वयं उम्मेदवार बनेनन्। डडेल्धुराबाट कांग्रेसले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ।

mulpatra mulpatra mulpatra

पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन बदलिँदै गएको सन्दर्भमा देउवाको यो निर्णयलाई विभिन्न कोणबाट हेरिएको छ। एकथरी नेताहरूले स्वास्थ्य कारण स्वाभाविक भएको बताएका छन् भने अर्काथरीले निर्वाचनको परिणामप्रति अनिश्चितता र आन्तरिक असन्तुष्टिका कारण उनी बाहिरिएको टिप्पणी गरेका छन्।

निर्वाचन आयोगबाट आधिकारिकता विवाद, सर्वोच्च अदालतको अन्तरिम आदेश नआउँदा उत्पन्न निराशा र अन्ततः चुनावी प्रक्रियाबाट अलगिएको अवस्थाले देउवा पछिल्लो समय सक्रिय राजनीतिमा कम देखिएका थिए। यस्तो अवस्थामा चुनावअघि नै विदेश प्रस्थान गर्नुले कार्यकर्तामा अन्योल थपिएको छ।