आजदेखि देशभर मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध
काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन आउन बिहीबार ७ दिन बाँकी छ । जसकारण बिहीबारदेखि देशभर मादक पदार्थ बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध लगाइएको हो ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको मितिभन्दा ७ दिनअघिबाट अन्तिम मतपरिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
‘मतदानको मितिभन्दा ७ दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने,’ उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको निर्णयमा उल्लेख छ ।
![]() |
![]() |
![]() |
|---|
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले बिहीबारदेखि नै मादक पदार्थ बिक्रीवितरण र सेवनमा रोक लगाएको हो ।
यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ ।



