सबै कमिटीका इन्चार्ज र अध्यक्षलाई घनश्याम भुसालको ५ बुँदे आकस्मिक सर्कुलर
काठमाडौं– नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले पार्टीका सबै कमिटीका इन्चार्ज र अध्यक्षलाई ५ बुँदे सर्कुलर जारी गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनबारे आकस्मिक सर्कुलर जारी गरेका हुन्।

सुर्कलरमा पार्टीको राष्ट्रिय सम्मेलन आयोजक कमिटीका सदस्यहरू र समानुपातिकतर्फका उम्मेदवारहरू निर्वाचनसम्म आआफ्नो कार्यक्षेत्रमा अझ तदारुकताका साथ प्रचार–प्रसारमा लाग्ने, अस्थायी बसोबास, व्यवसाय, रोजगारी वा अन्य कारणले मतदान गर्ने जिल्ला बाहिर रहेका हाम्रो पार्टीका सबै सदस्यहरू मतदान गर्न आआफ्नो जिल्लामा फर्किनका लागि सूचित गर्ने उल्लेख छ।
त्यस्तै, विभिन्न कारणले मतदान गर्ने जिल्लाभन्दा बाहिर रहेका सदस्यहरूलाई मतदान गर्ने आआफ्नै जिल्लामा जानका लागि सूचित गर्ने, देशको जुनसुकै स्थानमा भए पनि आफ्ना साथीहरू, परिचितहरू, विभिन्न पेसागत तथा सामुदायिक सङ्गठनका कारणले सम्बन्धित भएकाहरू सबैलाई सम्पर्क गरी पार्टीका उम्मेदवारहरूलाई भोट दिन अनुरोध गरेको छ।
![]() |
![]() |
![]() |
|---|
आ–आफ्नो क्षेत्रका गतिविधिबारे केन्द्रीय कार्यालयलाई जानकारी गराउन समेत निर्देशन दिएका छन्।



