झापा–४ मा साधु उम्मेदवार भन्दै भोट माग्ने ढकालले सईको जागिर खाएर कसरी जोडे करोडौं सम्पतिकाठमाडौं बालुवा खानीमा घर, झापामा घर–जग्गा र क्रसरमा लगानी
काठमाडौं– हाल देशभर निर्वाचनको चर्चा छ । अहिले राश्वपाका नेताले आफुहरु देश बनाउन साधु भन्दै भोट मागिरहेका छन् ।

झापा–४ मा एमालेबाट लालप्रसाद (एलपी) सावाँ उम्मेदवार छन् । रास्वपाले यो क्षेत्रमा शम्भुप्रसाद ढकाल, कांग्रेसबाट देउमान थेबे, नेकपाबाट पुरुषोत्तम चुडाल र राप्रपाबाट भक्तिप्रसाद सिटौला चुनावी मैदानमा छन् । जसमा राश्वपा नेता शम्भु ढकाल आफु साधु उम्मेदवार भन्दै भोट मागिरहेका छन् । उनी राजनीतिमा आउनु अगाडी नेपाल प्रहरीका जागिरे थिए ।
साधु उम्मेदवार भने भोट मागिरहेका ढकालले अहिले दैनिक कसरी निर्वाचन खर्च चलाइरहेका छन् । भन्ने प्रश्नको विषय समेत बनेको छ । ढकालले अघिल्लो निर्वाचनमा आफुले १ करोड खर्चिएको दाबी राश्वपा भित्रै गदै आएका छन् । उनले यो पैसा कहाँबाट ल्याए भन्ने झापा–४ का मतदाताले प्रश्नको विषय बनाइरहेका छन् ।
![]() |
![]() |
![]() |
|---|
राश्वपा उम्मेदवार शम्भुप्रसाद ढकाल पुर्व प्रहरीका सईको जागिर छाडेका नेता हु्न । उनले सईकै जागिर छाडेर पुर्व प्रहरीका एआईजी रमेश खरेलको पछि दौडिएका व्यक्ति हुन् । उनी प्रहरीमा हुँदा रमेश खरेलसँग मिलेर फर्जी सूचनाको सुराकी गरेर पैसा कमाउने प्रहरी थिए ।
अहिले ढकालले प्रहरीको जागिर खाएर कसरी झापा र काठमाडौंमा घर बनाए भन्ने प्रसंङ झापा–४ का उम्मेदवारबीच चलिरहेको छ । ढकालको काठमाडौं कपनको बालुवा खानीमा ५ आना जग्गामा साढे तीन तलाको घर छ । भने उनको झापामा जग्गा,घर र एउटा गाडी समेत रहेको राश्वपाकै एक नेताले जानकारी दिए ।
ढकालले आफुलाई साधु नेता भन्दै भोट मागिरहेका छन् । तर उनी प्रहरीमा हुँदा सुराकी बनेर पैसा लिने, विभिन्न क्षेत्रमा बस्दा पैसा असुल्ने गरेको समेत ती नेताको दाबी छ ।
Image Source: © https://mulpatra.com
ढकालले काठमाडौंमै रमेश खरेलसँग मिलेर एउटा बालुवा क्रसरमा समेत लगानी गरेको उनले बताए । ‘ढकालले श्रीमतिका नाममा धेरै सम्पति लुकाएको र विगतमा प्रहरीको अनुसन्धानमा समेत उनी तानिएका थिए । उनले प्रहरीमा हुँदा रमेश खरेलसँगै मिलेर धेरै ठुलो रकम उठाए । पछि खरेलसँग जागिर छाडेर उनैसँग लागेपनि अन्तिममा राश्वपामा पुगे ।’ उनले भने ।
खासगरी तराईका जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले दैनिक लाखौंको भन्सार छलीको सामान बरामद गर्छ । कतिपय सुराकीकै आधारमा र कतिपयमा नियमित चेकिङका क्रममा बरामद हुन्छ । भन्सार छलीका सामानहरु बरामद गर्दा आफन्तलाई सुराकी बनाएर कमिसन खाने चलन प्रहरीमा पुरानै हो । यसभित्र परेको थिए झापा –४ का राश्वपा उम्मेदवार ढकाल पनि ।
रमेश खरेलसँग जागिर छाडेका ढकाल अन्तिममा राश्वपा गए । उनले रमेश खरेलसँगै जागिर छाडनुको कारण भने उनी प्रहरीमा हुँदा गोप्य सूचना दिएर प्रहरीसँग पैसा कमाउने गरेका थिए । जसका कारण उनले खरेलसँगै जागिर छाडेका थिए । नत्र प्रहरीमा अनुसन्धानबाट जोगिने मुश्किल हुन्थ्यो ।
रमेश खरेल सबैभन्दा लोकप्रिय र इमान्दार अधिकृतका रुपमा परिचित भएपनि उनले पनि पत्नी रञ्जु खरेललाई सुराकी बनाएर कमिसन खाएका छन । यस्तै ढकालले पनि उनैसँग मिलेर कतिपय सुराकी गरेको पैसा लिएको प्रहरी एक जना उच्च अधिकारीले जानकारी दिए । ‘ढकालपनि पहिला खरलेकै पार्टीमा थिए । पछि मात्र राश्वपा गएका हुन् । उनी प्रहरीमा हुँदा सुराकीमा नाममा भत्ता खाएर कुरा वाहिरीपछि खरेलसँगै जागिर छाडेर हिडेका थिए । अहिले उनी राश्वपामा छन् ।’ उनले भने ।
यस्ता सामानहरु बरामद गर्दा प्रहरीले छुट्टै भत्ता पाउने भएकाले सुराकी नै नहुँदा पनि काल्पनिक सुराकी खडा गरेर पैसा लिने गरिन्छ । यसमा ढकालपनि संलग्न भएर पैसा खाएको प्रहरी स्रोतले बताएको छ । यस विषयमा सोध्दा उनले आफनो बदनाम गराउन कसैले आरोप लगाएको भन्दै तर्किए ।
गत निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बुले जितेका थिए । उनले २९ हजार ३१५ मत ल्याउँदै निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेलाई हराए । यस पटक पनि साँवा बलियो उम्मेदवार हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले १४ हजार ४९ मत ल्याएका छन् । साँवा २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
यो पनि
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



