यूएईस्थित नेपाली दूतावासले भन्यो– अनावश्यक यात्रा नगर्नू
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले युएईमा रहेका नेपालीलाई अनावश्यक यात्रा नगर्न आग्रह भनेको छ । शनिवार विहान इजरायलले इरान माथि आक्रमण गरेका थियो । त्यस आक्रमण पछि इरानले युएई लक्षित गरेर आक्रमण गरेपछि एकजनाको मृत्यु समेत भएको छ । सोही कारण यूएईस्थित नेपाली दूतावासले शनिबार एक एड्भाइजरी जारी गर्दै त्यहाँ रहेका नेपालीलाई सावधानी अपनाउन भनेको छ ।

“मध्यपूर्वमा विकसित परिस्थितिका सन्दर्भमा संयुक्त अरब इमिरेट्समा रहनुभएका नेपाली नागरिकलाई अनावश्यक यात्रामा ननिस्कन, सावधान अपनाउन, यूएई सरकारले जारी गरेको सुरक्षा मार्गदर्शन एवं सूचनाहरूको पालना गर्न अनुरोध गरिन्छ,” दूतावासले भनेको छ ।
इरानले शनिबार यूएई लगायत कुवेत, साउदी अरेबिया, बहरानइन, जोर्डन र कतारस्थित अमेरिकी सैन्य वेसमा मिसाइल आक्रमण गरेको छ ।
![]() |
![]() |
![]() |
|---|
यूएईस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कुनै समस्या परे दूतावासको टेलिफोन नं. ९७१५०८१८०२८० मा सम्पर्क गर्न भनेको छ ।



