दुर्गा प्रसाईँलाई पक्राउ गर्ने तयारीः निवास पुग्यो प्रहरी

दुर्गा प्रसाईँलाई पक्राउ गर्ने तयारीः निवास पुग्यो प्रहरी
  • १७ फाल्गुन २०८२, आईतवार ०८:१०

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । पटकपटक पक्राउ र रिहा हुँदै आएका प्रसाईँलाई पक्राउ गर्न प्रहरी आइतबार बिहानै उनको भक्तपुरस्थित घरमा पुगेको हो।

mulpatra

सुसिला कार्की सरकारसँग १२ बुँदे सहमति गरेका प्रसाईले सरकारले सहमति पालना नगरेको आरोप लगाउँदै आएका छन् । सरकारले उनीसँग गरेको सहमति पालना नगरुन्जेल निर्वाचन गराउनुको कुनै अर्थ नभएको भन्दै प्रसाईले निर्वाचन रोक्न र भोट नहाल्न सार्वजनिक अपिल गरेका छन् ।

सरकारले भने सहमति पालना गर्नुको सट्टा निर्वाचन भाँड्न अभिव्यक्ति दिँदै हिँडेको आरोप लगाएको छ ।

mulpatra mulpatra mulpatra

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा प्रसाईँ केही दिनअघि मात्रै सर्वोच्चको आदेशमा रिहा भएका थिए।