खाडीमा युद्धको जोखिम: इरानले मध्येपुर्वका अमेरिकी सैन्य अखडामा आक्रमण
काठमाडौं– इरानले मध्यपूर्वका विभिन्न क्षेत्रमा पुनः व्यापक सैन्य आक्रमण सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।

पछिल्लो चरणमा इरानले मिसाइल र ड्रोनमार्फत अमेरिकी सैन्य उपस्थिति रहेका स्थान तथा तिनका क्षेत्रीय साझेदारलाई लक्षित गरेको बताइएको छ ।
सीएनएनका अनुसार इरानले इराक, सिरिया र खाडी क्षेत्र आसपास रहेका अमेरिकी रणनीतिक सैन्य संरचनातर्फ नयाँ ‘वेभ अफ स्ट्राइक्स’ सञ्चालन गरेको पुष्टि भएको छ ।
![]() |
![]() |
![]() |
|---|
केही स्थानमा विस्फोटका आवाज सुनिएको तथा हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जानकारी सुरक्षा स्रोतहरूले दिएका छन् । अमेरिकी रक्षा अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार आक्रमणहरू समन्वित ढंगले विभिन्न दिशाबाट गरिएको देखिन्छ, जसले क्षेत्रीय तनाव अझ खतरनाक स्तरमा पुगेको संकेत गरेको छ ।
इरानले यसअघि अमेरिकी–इजरायली सैन्य कारबाहीको प्रतिकारस्वरूप क्षेत्रभर ‘निरन्तर जवाफी कदम’ चाल्ने चेतावनी दिएको थियो । पछिल्लो आक्रमण त्यसै रणनीतिक प्रतिक्रियाको निरन्तरता मानिएको छ ।
खाडी क्षेत्रका कतार, बहराइन, कुवेत र संयुक्त अरब इमिरेट्सले सैन्य सतर्कता उच्च बनाएका छन् भने केही देशहरूले हवाई क्षेत्र आंशिक रूपमा सीमित गरेका छन् । अन्तर्राष्ट्रिय उडान तथा ऊर्जा आपूर्ति सुरक्षाबारे पनि चिन्ता बढेको छ ।
Image Source: © https://mulpatra.com
विश्लेषकहरूका अनुसार इरानको लगातार आक्रमणले द्वन्द्व अब दुई देशबीच सीमित नरही ‘क्षेत्रीय सैन्य टकराव’तर्फ रूपान्तरण हुने जोखिम बढाएको छ ।
दुबईमा हालै एउटा विमानस्थलमा आक्रमणपछि आगो लागेको छ भने बहराइन क्षतबिक्षत भएको छ । इरानी रेड गार्डले अमेरिकामाथि चाँडै इतिहासकै ठूलो र कसैले नसोचेको आक्रमण गर्ने चेतावनी समेत दिएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



