Close

Recent Posts

लेबनानबाट हिजबुल्लाह पनि होमियो युद्धमा, इजरायली सैन्य अड्डामा भीषण आक्रमण

लेबनानबाट हिजबुल्लाह पनि होमियो युद्धमा, इजरायली सैन्य अड्डामा भीषण आक्रमण
  • १८ फाल्गुन २०८२, सोमबार २१:०७

काठमाडौं– मध्यपूर्वमा जारी युद्ध झन् भयावह बन्दै गएको छ। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्युको बदला लिन लेबनानस्थित सशस्त्र समूह हेजबुल्लाह पनि औपचारिक रूपमा युद्धमा होमिएको छ। हेजबुल्लाहले इजरायली सैन्य आधार शिविरमा आक्रमण गरेसँगै क्षेत्रीय द्वन्द्वले उग्र रूप लिएको छ।

mulpatra

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको यो युद्धमा अमेरिकी क्षति अझै बढ्न सक्ने बताएका छन्। हालैका आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएपछि ट्रम्पले थप सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएका छन्।

यद्यपि, पेन्टागनका अधिकारीहरूले कंग्रेसलाई दिएको ब्रिफिङमा इरानले पहिले अमेरिकामाथि आक्रमण गर्ने योजना नबनाएको तर इजरायलले इरानमाथि आक्रमण गरेपछि मात्र परिस्थिति बिग्रिएको दाबी गरेका छन्, जसले ह्वाइट हाउसको ‘तत्काल खतरा’ रहेको दाबीलाई चुनौती दिएको छ।

mulpatra mulpatra mulpatra

पछिल्लो १५ महिनादेखि इजरायली आक्रमण सहेर बसेको हेजबुल्लाहले अन्ततः आफ्नो मौनता तोडेको छ। आफ्नो मुख्य संरक्षक इरानी शासनको अस्तित्व संकटमा परेपछि हेजबुल्लाहले इरानको पक्षमा उभिनुलाई आफ्नो अस्तित्वसँग जोडेको छ।

यद्यपि, सन् २०२३ अक्टोबरदेखि हजारौँ लडाकु गुमाएको र सैन्य क्षमता कमजोर भएको हेजबुल्लाहले इजरायललाई कति क्षति पु¥याउन सक्छ भन्नेमा अन्योल छ। लेबनानका प्रधानमन्त्री नवाफ सलाम लगायतका विपक्षीहरूले हेजबुल्लाहको यो कदमले लेबनानलाई थप संकटमा धकेल्ने भन्दै आलोचना गरेका छन्।

यो युद्धको प्रभाव विश्वभर देखिन थालेको छ। लेबनान र साइप्रसमा समेत विस्फोटका खबरहरू आएका छन् भने हवाई उडानहरू ठप्प भएका छन्। युद्धका कारण तेलको मूल्यमा भारी वृद्धि भएको छ भने विश्व शेयर बजारमा उच्च गिरावट आएको छ। इन्धन आपूर्तिमा अवरोध आउँदा विश्व अर्थतन्त्र नै संकटमा पर्ने देखिएको छ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com