रुस भागेनन्, तेहरान छोडेनन्, बंकरमा लुकेनन् देशभित्र खामेनेईको ‘इच्छा मरण’
काठमाडौं– इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनेईलाई इजरायल र अमेरिकाले हत्या गर्ने कुरा धेरै अगाडि चर्चामा आएको थियो ।

इजरायलले इरानका उच्च सैन्य तथा राजनीतिक नेतृत्वको हत्या गर्ने क्रममा सन् २०२५ मै खामेनेईको हत्या योजना बनाएको थियो । तर, डोनाल्ड ट्रम्पले भिटो प्रयोग गरेर रोकेको सन् २०२५ जुन १५ मा प्रकाशन भएको बेलायती समाचार एजेन्सी रोयटर्सले प्रकाशन गरेको थियो । यो पटक पनि इरानमा अमेरिकी तथा इजरायली हमला हुने र खामेनेई मारिन सक्ने कुराको हल्लाखल्ला आएको थियो ।
इरानमा प्रदर्शनी हुँदा र आक्रमण हुँदा मस्कोमा खामेनेई जाने हल्ला पश्चिमा मिडियामा आइसकेको थियो । खासगरी बेलायती अखबार ’द टाइम्स’ले गत जनवरी ४ मा उक्त समाचार लेखेको थियो । तर, खामेनेई न मस्कोमा भागे । न तेहरान छोडे । न त बंकरमै बसे । उनी छोरी, ज्वाँइ र नातिनीसँग बसेका थिए । सबैसँग प्राण त्यागे ।
![]() |
![]() |
![]() |
|---|
शनिबार बिहान अमेरिका र इजरायलले गरेको संयुक्त हमलामा खामेनेईको मृत्यु भएको तर घोषणा भने आइतबार मात्रै भयो । खामेनेईलाई तेहरान छोड्न र सुरक्षित स्थानमा जान सहयोगीले आग्रह गरेको कुरा मिडियामा आएका छन् । तर, खामेनीले भनेका थिए, ‘तेहरानका सबैले तेहरान छोड्दा मात्रै म छोड्छु ।’



