कोशीमा ३५ हजार प्रहरी परिचालन, झापा–५ छुटै विशेष कमाण्ड

कोशीमा ३५ हजार प्रहरी परिचालन, झापा–५ छुटै विशेष कमाण्ड
  • १८ फाल्गुन २०८२, सोमबार १७:५०

काठमाडौं– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा सुरक्षाको अन्तिम तयारी पूरा भएको छ । प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा भयरहित वातावरण सुनिश्चित गर्न सुरक्षा निकायले त्रिपक्षीय समन्वयसहितको विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको हो ।

mulpatra

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार निर्वाचनका लागि १२ हजार नेपाल प्रहरी र २३ हजार म्यादी प्रहरी परिचालन हुने छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ३५ हजार जनशक्ति प्रत्यक्ष रूपमा निर्वाचनमा परिचालन गरिएको छ ।

प्रहरीका अनुसार सशस्त्र प्रहरी बलका तर्फबाट पनि ८ हजारभन्दा बढी जनशक्ति खटिएका छन् । प्रदेशमा रहेका ३५ लाख ७४ हजार २८६ मतदाता रहेका छन् । प्रदेशमा ४ हजार २७० मतदान केन्द्र रहेका छन् । ती मतदान केन्द्रको सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् ।

mulpatra mulpatra mulpatra

सुरक्षा समितिको बैठकले प्रदेशका १ हजार ९०७ मतदान स्थलमध्ये ४३९ स्थानलाई अति संवेदनशील सूचीमा राखेको छ । प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख डी आइजी विनोद घिमिरेले घिमिरेले सानातिना घटनालाई पनि गम्भीरतापूर्वक लिएर तत्काल ‘रेस्पोन्स’ गर्ने गरी मोबाइल टोली र रिजर्भ फोर्सलाई तयारी अवस्थामा राखिएको बताए । उनले भने समग्रमा सुरक्षा अवस्था सन्तोषजनक रहेको छ । मतदाताले ढुक्क भएर मतदान गर्ने वातावरण सुनिश्चित भएको छ ।

झापा–५ मा छुट्टै नजर

प्रहरीले झापा–५ का लागि भने विशेष रणनीति बनाएको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बिच प्रतिस्पर्धा भइरहेको झापा क्षेत्र नं ५ लाई ‘हाई–प्रोफाइल’ संवेदनशीलतामा राखेको छ । मनोनयनका क्रममा भएको झडपलाई मध्यनजर गर्दै त्यहाँ थप १०० जनाको विशेष टोली परिचालन गरिएको छ ।

Image Source: © https://mulpatra.com

कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेले भने “झापा–५ मा राष्ट्रिय–अन्तर्राष्ट्रिय ध्यान रहेकाले हामीले विशेष सतर्कता अपनाएका छौँ । त्यहाँको स्थिति अहिले पूर्ण नियन्त्रणमा छ ।”

झापा–५ लाई हेर्ने गरी प्रहरी उपरीक्षक एसपीको टोली परिचालन गरिएको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com