इरानले अमेरिकामा हुने विश्वकप बहिष्कार गर्न सक्ने
काठमाडौं– फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकपमाथि युद्धको छायाँ पर्न थालेको छ । इजरायल र अमेरिकाका आक्रमणका कारण इरानले प्रतियोगिताको बहिष्कार गर्न सक्ने संकेत दिएको छ ।

विश्वकप जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ । इरानले आफ्ना तीनवटै खेल अमेरिकामै खेल्नुपर्ने तालिका छ । इरान फुटबल फेडरेशनका अध्यक्ष मेहदी ताजले वर्तमान परिस्थितिमा राष्ट्रिय टोलीका लागि अमेरिका गएर फुटबल खेल्नु अत्यन्तै कठिन हुने बताएका छन् ।
आशा र उत्साहका साथ विश्वकप हेर्न सक्दैनौं – मेहदी ताज
![]() |
![]() |
![]() |
|---|
इरानी खेलकुद मिडियासँगको कुराकानीमा मेहदी ताजले भने, “यस आक्रमणपछि हामीबाट आशा र उत्साहका साथ विश्वकपतर्फ हेर्ने अपेक्षा गर्न सकिँदैन।”
अमेरिका र इजरायलका आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्लाह खामेनीको निधन भएको छ। यस घटनाले मध्यपूर्व क्षेत्रमा थप तनाव सिर्जना गरेको छ।
ट्रम्प सरकारद्वारा ट्राभल ब्यान
Image Source: © https://mulpatra.com
इरानका लागि खेलकुदसँगै राजनीतिक चुनौती पनि थपिएका छन् । ट्रम्प नेतृत्वको प्रशासनले इरानी समर्थकहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको बताइएको छ । यस्तो अवस्थामा इरानी टोलीले अमेरिका पुगेर खुला रूपमा खेल्न सक्ने अवस्था कठिन देखिएको छ।
इरानलाई विश्वकपको ग्रुप–जी मा राखिएको छ । तालिका अनुसार इरानका सबै खेल अमेरिकी सहरहरूमा हुनेछन्
१६ जुनः न्युजिल्यान्डविरुद्ध – इङ्गलवुड, क्यालिफोर्निया
२१ जुनः बेल्जियमविरुद्ध – इङ्गलवुड, क्यालिफोर्निया
२७ जुनः इजिप्टविरुद्ध – सिएटल
इरान–इजरायल विवादबारे अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



