इरानमा आक्रमण गर्दा डोनाल्ड ट्रम्पको अमेरिकी राजनीतिमा आलोचना
काठमाडौं– गत जनवरीमा डोनाल्ड ट्रम्पले दोस्रो पटक अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाले र त्यतिबेला आफूलाई ‘शान्तिदूत’ भनेर प्रस्तुत गरे । तर अहिले आएर ट्रम्पले अमेरिकालाई इरान र इजरायल बीचको एउटा गम्भीर तथा जटिल युद्धमा होम्ने निर्णय गरेका छन् ।

मध्यपूर्वमा फछिल्लो अमेरिकी सक्रियता, खासगरी इरानमाथिको आक्रमण र सम्भावित युद्ध जस्ता कारणहरुले ट्रम्पको घरेलु राजनीति र अन्तर्राष्ट्रिय छविमा गहिरो प्रभाव पार्नेछन् ।
इरानमाथिको आक्रमण र युद्धको आशंकाबीच अमेरिकामा विपक्षी डेमोक्र्याट पार्टी मात्र नभई ट्रम्पकै अमेरिका पहिलो नीतिका समर्थकहरूबाट समेत ट्रम्पको आलोचना बढेको छ ।
![]() |
![]() |
![]() |
|---|
राष्ट्रलाई सम्बोधन गर्ने बेला ट्रम्पले आफ्ना तीन जना सल्लाहकारहरूलाई साथमा उभ्याएर सायद एकताको सन्देश दिन खोजिरहेका थिए ।
उपराष्ट्रपति भान्सले संयमित परराष्ट्र नीतिको समर्थन गर्दै ट्रम्प अझै गैर–हस्तक्षेपकारी नेता भएको दाबी गरेका छन् ।
यस्तोमा यदि इरानमाथिको उक्त आक्रमण केवल एकपटकको मात्र हो भने चाहिं ट्रम्पले आफ्ना समर्थकहरूलाई सन्तुष्ट पार्न सक्छन् । तर यदि अमेरिका युद्धमा तानियो भने आफूलाई ‘शान्तिदूत’ भनेर चिनाउने ट्रम्पलाई आफ्नै पार्टीभित्र समेत विरोधको सामना गर्नु पर्नेछ ।
Image Source: © https://mulpatra.com
अमेरिकाले इरानमाथि शनिबार गरेको आक्रमण वास्तवमा अमेरिकाको एक आत्रामक कदम थियो । त्यो पनि त्यस्ता राष्ट्रपतिबाट जसले आफ्नो पहिलो कार्यकालमा कुनै पनि युद्ध सुरु नगरेकोमा गर्व गरेका थिए र चुनावी अभियानका क्रममा अमेरिकाका अन्य राष्ट्रपतिहरूको आलोचना गरेका थिए । अन्य राष्ट्रपतिहरुले विभिन्न समयमा अमेरिकालाई अन्तर्राष्ट्रिय युद्धमा तानेको उनको भनाइ थियो ।
ट्रम्पले कठोर निर्णय गर्दै इरानमाथि आक्रमण गरिसकेका छन् । तथापि अब उत्पन्न हुने परिस्थिति उनको नियन्त्रणमा हुनेछ भन्ने कुराको कुनै ग्यारेन्टी छैन ।
अमेरिकाको उक्त कदमले केही प्रश्न उठाएको छ, के अमेरिकाले दिएको उक्त ‘डेडलाइन’ केवल छल थियो ? के त्यो इरानलाई नक्कली तथा झुटो सुरक्षा अनुभूति गराउने अमेरिकी प्रयास थियो ? अथवा त्यो ट्रम्पका मध्यपूर्वका विशेष दूत स्टिभ विटकफको नेतृत्वमा भइरहेको गोप्य वार्ताको असफलताको परिणाम थियो ?
सो हमलापछि तुरुन्तै विस्तृत जानकारी नआए पनि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल र राष्ट्रका नाममा दिएको सम्बोधनमा आफ्नो चाहना शान्ति कायम गर्नु रहेको भन्ने देखाउने प्रयास गरे ।
तर उनको त्यो चाहना अत्यधिक महत्वाकांक्षी देखिन्छ । इजरायलले सयौं ड्रोन तथा मिसाइल आक्रमणबाट इरानका सैन्य संरचनाहरूलाई कमजोर बनाउने प्रयास गरिरहेको छ ।
तर इरान अझै पनि शक्तिशाली छ । र, यदि अवस्था यस्तै रह्यो भने, मध्यपूर्वमा छिटै ठूलो युद्ध हुनसक्छ । यद्यपि अहिले इरान–इजरायल दुवै अस्थायी युद्धविरामको अवस्थामा छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



