७७ स्थानमा मतगणना जारी, राश्वपाको ५९ स्थानमा अग्रता

७७ स्थानमा मतगणना जारी, राश्वपाको ५९ स्थानमा अग्रता
  • २२ फाल्गुन २०८२, शुक्रबार १३:५७

काठमाडौं– प्रतिनिधि सभा सदस्यका लागि बिहीबार भएको निर्वाचनको यतिबेला मतगणना भइरहेको छ । अहिले ७७ क्षेत्रको मतगणना जारी छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टीले ५९ स्थानमा अग्रता लिएको छ ।

mulpatra

नेपाली कांग्रेसले १० क्षेत्रमा अग्रता लिएको छ । नेकपा एमालेले ३ क्षेत्रमा अग्रता कायम गर्दा नेपाली कम्युनिस्ट पार्टीले २ क्षेत्रमा अग्रता बनाएको छन् । यसैगरी, श्रम संस्कृति पार्टी, राप्रपा र एक जना स्वतन्त्र उम्मेदवारले एक–एक ठाउँमा अग्रता लिएका छन्।

निर्वाचन आयोगका अनुसार काठमाडौँ १ मा रास्वपाका रञ्जु दर्शना निर्वाचित भएकी छन्। यस्तै, हिमालपारीको जिल्ला मनाङमा कांग्रेसका योगेश गौचन निर्वाचित भएका छन्।

mulpatra mulpatra mulpatra