विद्यार्थीहरूलाई ४५ प्रतिशत भाडा छुट दिन नसकिने महासंघको भनाइ

विद्यार्थीहरूलाई ४५ प्रतिशत भाडा छुट दिन नसकिने महासंघको भनाइ
  • १० बैशाख २०८३, बिहीबार ०८:२३

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट दिन नसकिने बताएको छ । सरकारले व्यवसायीलाई दिने भनिएको कर छुट नदिएकाले व्यवसायीले समेत विद्यार्थीलाई छुट दिन नसकिने परिस्थिति रहेको जनाएको छ ।

mulpatra

यातायात व्यवस्था विभागले पुरानो निर्णयका आधारमा विद्यार्थीलाई भाडामा छुट कार्यान्वयन गर्न पत्राचार गरेपछि महासंघले यस्तो जवाफ पठाएको हो। जवाफमा नेपाल सरकार र प्रदेश सरकारहरूले व्यवसायीले पाउँदै आएको ६० प्रतिशत कर छुट लागू नगरेसम्म विभागको परिपत्र कार्यान्वयन गर्न नसकिने जनाएको छ।

२०६५ फागुन २० गते सरकार र व्यवसायीबीच विद्यार्थीलाई भाडामा ४५ प्रतिशत छुट दिने र त्यसबापत सरकारले व्यवसायीलाई वार्षिक कर, रुट परमिट र जाँचपासमा ६० प्रतिशत छुट दिने सहमति भएको थियो। व्यवसायीका अनुसार २०७२ सालसम्म यो व्यवस्था कार्यान्वयनमा थियो। तर, संघीयता लागू भएपछि कोशी प्रदेशबाहेक अन्य प्रदेशहरूले व्यवसायीलाई दिइने ६० प्रतिशत कर छुट हटाएको र करका दरहरू पनि असमान ढंगले बढाएको महासंघको भनाइ छ।

mulpatra mulpatra mulpatra