मन्त्रालयको निर्णय विपरित मेयर्स फोरमले गर्यो विद्यालय लगाउने निर्णय
काठमाडौँ । उपत्यका मेयर्स फोरमले सरकारको निर्णय विपरित बैशाख १५ बाट नियमित पठन पाठन गर्ने निर्णय गरेका छन् । सोही अनुसार काठमाडौँ उपत्यका भित्रका स्थानीय तहहरूले वैशाख ११ गतेदेखि विद्यार्थी भर्ना गर्ने र नियमित पठनपाठन वैशाख १५ गतेदेखि नै सुरु गर्ने निर्णय गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत्र २२ गतेको निर्णयअनुसार शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ गतेबाट र पठनपाठन वैशाख २१ गतेबाट मात्र सुरु गर्ने निर्देशन दिएको थियो । तर उपत्यका मेयर्स फोरमको सोमबार बसेको बैठकले सरकारको निर्णयले शैक्षिक क्षेत्रमा अन्यौलता सिर्जनागर्ने भन्दै बैशाख १५ गतेबाटै विद्यालय सन्चालन गर्ने निर्णय गरेको हो ।
संविधानले आधारभूत तथा माध्यमिक शिक्षाको अधिकार स्थानीय तहलाई सुम्पिएको अवस्थामा सरकारको उक्त निर्देशनले अधिकारको विषयमा समेत अन्यौलता बढाएको मेयर्स फोरमको ठहर छ ।
![]() |
![]() |
![]() |
|---|
गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल नगरपालिका सङ्घ, शिक्षक महासङ्घ, प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान), प्याब्सन, एनप्याब्सन र अभिभावक सङ्घ जस्ता सरोकारवाला निकायहरूबाट प्राप्त गुनासो र सुझावका आधारमा विद्यार्थीको सिकाइ उपलब्धिमा हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न वैशाख १५ गतेबाटै कक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको फोरमले जनाएको छ ।
इन्धनको अभावका कारण विद्यालय सञ्चालनमा बाधा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै आगामी दिनमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिन विद्यालयहरूलाई आग्रह गरिएको छ ।



