थुनामुक्त भएका प्रसाईले भने– भुँईमान्छे र हिन्दु राष्ट्रको मागबाट पछि हटदिन
काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । उनलाई आज सर्वोच्च अदालतलले छोड्न आदेश दिएको हो ।

थुनामुक्त भएको प्रसाईले आफनो एजेन्डा र मागबाट पछि नहट्ने जानकारी दिए । आफनो मुख्य एजेण्डा भनेको भुँई मान्छेको समस्या हो । त्योभन्दा पनि महत्वपुर्ण माग हो हिन्दुराष्ट्र । यही मागबाट आफु पछि हटेर कोहीसँग सम्झौता नगरी आन्दोलन जारी राख्ने समेत प्रसाईले बताए ।
जोसुकै सरकारमा आएपनि फरक पदैन । तर सरकारसँग गत पुसमा भएका आफनो माग संम्बोधन हुनुपर्ने उनको भनाइ छ ।
![]() |
![]() |
![]() |
|---|
गत सोमबार प्रसाईलाई उनी पक्राउ परेका थिए । निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपसहित प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको थियो ।
भक्तपुर जिल्ला प्रहरी परिसरको हिरासतमा गैरकानुनी रुपमा थुनामा राखिएको दाबीसहित गत मंगलबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन गरेको थियो ।



