१०७ ठाउँमा मतगणना हुँदा राश्वपाको ९१ ठाउँमा अग्रता

१०७ ठाउँमा मतगणना हुँदा राश्वपाको ९१ ठाउँमा अग्रता
  • २२ फाल्गुन २०८२, शुक्रबार १६:०१

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ९१ ठाउँमा अग्रता लिएको छ । विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाको पछिल्लो अपडेट अनुसार रास्वपा ९१ वटा ठाउँमा अग्रता लिएको छ ।

mulpatra

हालसम्म रास्वपाले एक ठाउँमा विजय हासिल गरिसकेको छ । काठमाडौं क्षेत्र १ का उम्मेदवार रञ्जु दर्शना विजयी भइसकेकी छन् । यस्तै, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच प्रतिस्पर्धा भइरहेको छ । नेपाली कांग्रेसले पनि एक ठाउँमा विजयको खाता खोलिसकेको छ ।

मुस्ताङ–१ बाट कांग्रेसका योगेश गौचन थकाली विजयी भइसकेका छन् । कांग्रेस र नेकपा दुवै पार्टी ८ वटा ठाउँमा अगाडि छन् भने नेकपा एमाले ७ ठाउँमा अगाडि छ । हाल १०७ ठाउँमा मतगणना भइरहेको छ । दुई ठाउँको नतिजा आइसकेको छ ।

mulpatra mulpatra mulpatra