हालसम्म रास्वपा १०० सिटमा विजयी
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म सय क्षेत्रमा जित हासिल गरेको छ । बिहान ६ः४० बजे सम्म रास्वपा २५ सिटमा अग्रता रहेको छ ।

हालसम्म मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १४ स्थानमा जित हासिल गरेको छ । नेकपा एमालेले सात स्थान र नेपाल कम्युनिष्ट पार्टीले छ स्थानमा जित हासिल गरेको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छ
मतगणना भइरहेका क्षेत्रहरुमा नेपाली कांग्रेसले २ स्थानमा अग्रता कायम गरेको छ भने नेकपा एमाले चार स्थानमा अग्रता कायम गरेको छ । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट १ स्थानमा अग्रता लिएको छ । यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा हुनुहुन्छ ।
![]() |
![]() |
![]() |
|---|
समानुपातिक तर्फ
प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म १९ लाख ४५ हजार १५५ मतगणना सम्पन्न भएको छ । आयोगका अनुसार रास्वपाले हालसम्म १० लाख ४६ हजार, नेपाली कांग्रेसले तीन लाख ४७ हजार, नेकपा एमालेले दुई लाख७५ र नेपाली कम्युनिस्ट पार्टीले एक लाख २१ हजार मत प्राप्त गरेका छन् ।



