Close

Recent Posts

१२ हजार बढी मतले हारे गगन थापा

१२ हजार बढी मतले हारे गगन थापा
  • २४ फाल्गुन २०८२, आईतवार ०७:००

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । यस अन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार अमरेशले नेपाली कांग्रेसका सभापति गगन थापालाई १२ हजार ८५७ मतान्तरले पराजित गरेका हुन्।

mulpatra

सर्लाही ४ मा एक लाख २१ हजार १२ जना मतदाता रहेका यस क्षेत्रमा ७७ हजार ९३१ मत खसेको थियो । अन्तिम मतपरिणाम अनुसार रास्वपाका अमरेस कुमार सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दा उनका निकटतम नेपाली काँग्रेस सभापति गगनकुमार थापाले २२ हजार ८३८ मत पाए ।

त्यस्तै गरि नेकपा (एमाले)का उम्मेदवार अमनिशकुमार यादवले नौ हजार ३४३, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार रजनिश राय यादवले एक हजार ४०१ र जनमतका उम्मेदवार राकेश मिश्राले एक हजार ५७२ मत प्राप्त गरे ।

mulpatra mulpatra mulpatra

२०६४ साल देखि निरन्तर संसदीय यात्रामा रहेका गगनको यो हारले उनको संसदीय यात्रामा बैंक लगाइदिएको छ । काठमाडौं ४ बाट निरन्तर विजयी हुँदै आएका थापा कांग्रेसको दोस्रो महाधिवेशन पछि सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचन लड्न पुगेका थिए ।