Close

Recent Posts

गोली हान्न लगाउने, हान्ने र नरोक्ने सबैलाई कारबाही सिफारिस गरेका छौँ:अध्यक्ष कार्की

गोली हान्न लगाउने, हान्ने र नरोक्ने सबैलाई कारबाही सिफारिस गरेका छौँ:अध्यक्ष कार्की
  • २४ फाल्गुन २०८२, आईतवार १४:२४

काठमाडौं– जेनजी आन्दोलन घटना जाँचबुझ गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले गोली हान्न लगाउने, हान्ने र नरोक्ने सबैलाई कारबाही सिफारिस गरेको बताएका छन्।

mulpatra

प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो काम नसकिएकाले प्रतिवेदन बुझाउन केही ढिला भएको बताए।

उनले भने, ‘हामीले जोजो जिम्मेवार छन् उनीहरूलाई कारबाही गर्नुपर्छ भनेर सिफारिस गरेका छौँ। अब प्रतिवेदन सरकारले सार्वजनिक गर्छ। अहिले सबै कुरा हामीले भन्न मिल्दैन।’

mulpatra mulpatra mulpatra

उनले आफूहरूले २३ र २४ गतेको घटनामा दोषीहरूलाई कानूनी कारबाही गर्न सिफारिस गरेको बताए। उनले तत्कालीन प्रधानमन्त्री ओली र काठमाडौंका सिडिओलाई कारबाही सिफारिस गरेकोबारे भने स्पष्ट खुलाउन चाहेनन्। उनले आयोगको कामसँग चुनावको कुनै मतलब नभएको भन्दै प्रतिवेदन बुझाउनको लागि नतिजा कुरेको भनेर गलत कुराको प्रचार गरिएको जिकिर गरे।