समानुपातिकतर्फ आधाभन्दा बढी मतगणना सम्पन्न, रास्वपाको अग्रता कायम
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ आधाभन्दा बढी मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट अग्रता कायम गरेको छ। हालसम्म गणना भएको मतअनुसार रास्वपाले झण्डै ५० प्रतिशत हाराहारी मत प्राप्त गरेको देखिएको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत ११० सिटका लागि दलहरूबीच प्रतिस्पर्धा भएको थियो। कुल १ करोड ९ लाख मत खसेकोमा हालसम्म करिब ७६ लाख मत गणना भइसकेको छ।
पछिल्लो विवरणअनुसार रास्वपाले करिब ३६ लाख ७२ हजारभन्दा बढी मत प्राप्त गर्दै झण्डै ४८ प्रतिशत मतसहित पहिलो स्थानमा रहेको छ।
![]() |
![]() |
![]() |
|---|
त्यस्तै नेपाली कांग्रेसले करिब १२ लाख ३८ हजार मत प्राप्त गर्दै करिब १६ प्रतिशत मतसहित दोस्रो स्थानमा रहेको छ। नेकपा एमालेले करिब १० लाख ४७ हजार मत प्राप्त गर्दै करिब १४ प्रतिशत मत ल्याएको छ।
अन्य दलतर्फ नेपाली कम्युनिस्ट पार्टीले करिब ५ लाख ३८ हजार मत प्राप्त गर्दै करिब ७ प्रतिशत मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले करिब २ लाख ५८ हजार मत प्राप्त गरेको छ भने हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले करिब २ लाख ४० हजार मत ल्याएको छ।
त्यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालले करिब १ लाख १० हजार मत प्राप्त गर्दै करिब १ प्रतिशत मतमा सीमित रहेको छ।
Image Source: © https://mulpatra.com
अहिलेसम्मको मत अनुपात कायम रहेमा समानुपातिकतर्फ रास्वपाले करिब ६० सिट प्राप्त गर्ने अनुमान गरिएको छ। त्यसैगरी नेपाली कांग्रेसले करिब २० सिट, नेकपा एमालेले १७ सिट, नेपाली कम्युनिस्ट पार्टीले ८ सिट र राप्रपाले ५ सिट प्राप्त गर्न सक्ने आँकलन गरिएको छ।
समानुपातिकतर्फ अनुमानित ६० सिट जोड्दा रास्वपाको कुल सिट संख्या १८५ पुग्ने देखिन्छ। २७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्ने भएकाले हालको मत परिणाम कायम रहे रास्वपाले दुई तिहाइ बहुमत प्राप्त गर्न सक्ने सम्भावना देखिएको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



