भारतले जित्यो टी–२० विश्वकप क्रिकेट
काठमाडौं । भारतले न्युजिल्यान्डलाई ९६ रनले हराउँदै आइसिसी पुरुष टि–२० विश्वकप २०२६ को उपाधि जितेको छ।

अहमदाबादमा आइतबार भएको फाइनलमा भारतले लगातार दोस्रो पटक टि ट्वान्टी विश्वकप जित्दै इतिहास रचेको हो। लगातार दोस्रो पटक च्याम्पियन बनेको भारत समग्रमा तेस्रो पटक च्याम्पियन बन्ने पहिलो टोली हो ।
भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर २सय ५५ रन बनायो । जुन टि ट्वान्टी विश्वकप फाइनल इतिहासकै सबैभन्दा ठूलो स्कोर हो। जवाफमा न्युजिल्यान्ड १९ ओभरमा १ सय ५९ रनमै अलआउट भयो।
![]() |
![]() |
![]() |
|---|
भारतका लागि सञ्जु स्यामसनले उत्कृष्ट ८९ रन बनाए। ४६ बल खेलेका स्यामसनले ८ छक्का र ५ चौका प्रहार गरे ।
त्यस्तै अभिषेक शर्माले २१ बलमा ६ चौका र ३ छक्कसहित ५२ रन र इशान किशनले २५ बलमा समान ४ छक्का र चौकासहित ५४ रन बनाए। उनीहरूको आक्रामक ब्याटिङले भारतलाई ठूलो स्कोर बनाउन मद्दत गर्यो।
बलिङतर्फ जसप्रित बुमराहले ४ विकेट लिएर न्युजिल्यान्डको ब्याटिङलाई दबाबमा राखे। त्यस्तै अक्षर पटेलले ३ विकेट लिए। न्युजिल्यान्डका लागि टिम सिफर्टले ५२ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
Image Source: © https://mulpatra.com
यो जितसँगै भारत टि ट्वान्टी विश्वकप उपाधि रक्षा गर्ने पहिलो टोली बनेको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



