गत माघमा निर्वाचित राष्ट्रसभाका सदस्यको सपथ आज हुँदै
काठमाडौं । गत माघ ११ मा सम्पन्न भएको राष्ट्रिय सभाको निर्वाचनमा निर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ आज हुँदैछ । नव निर्वाचित सदस्यहरुको दिउँसो २ बजेका लागि पद तथा सपथ ग्रहणको समय तय गरिएको संसद सचिवालयले जनाएको छ ।

शपथ ग्रहण सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा हुनेछ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराउनेछन् ।
निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ । हरेक २ बर्षमा एकतिहास सदस्यको पदावधी सकिने भएकोले सदस्यमा १९ जना रिक्त रहेको थियो । १८ जना निर्वाचित भएपछि १ सदस्य भने सरकारको सिफारीसमा राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।
![]() |
![]() |
![]() |
|---|



