Close

Recent Posts

शेयरबजारमा खुल्ने वित्तिकै लाग्यो सर्किट

शेयरबजारमा खुल्ने वित्तिकै लाग्यो सर्किट
  • २५ फाल्गुन २०८२, सोमबार ११:२१

काठमाण्डौ । फागुन २१ को निर्वाचन परिणाम घोषणा हूँदै गर्दा खुलेको शेयरबजारमा पोजेटिभ सर्किट लागेको छ । चुनावी परिणामको प्रभाव सेयर बजारमा देखिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राष्टिय स्वतन्त्र पार्टीको प्रचण्ड बहुमत आएपछि राजनीतिक स्थिरता हुने र त्यसले नीतिगत सुधारर अर्थतन्त्रमा समेत सुधार हुने अपेक्षासहित लगानीकर्ताको मनोबल बढेको देखिएको छ ।

mulpatra

सोमबार बजार खुलेको केही मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लगाई २० मिनेटका लागि कारोबार स्थगित गरिएको छ ।

अब २० मिनेटको ब्रेकपछि खुल्ने बजार अर्को १ प्रतिशत विन्दू अर्थात कुल ५ प्रतिशतले बढ्यो भने दोस्रो सर्किट ब्रेक लगाई ४० मिनेटका लागि कारोबार स्थगन गरिन्छ ।

mulpatra mulpatra mulpatra