नेप्सेमा तेश्रो सर्किटसँगै बन्द भयो आजको कारोबार
काठमाडौं । फागुन २१ को निर्वाचन परिणाम घोषणा हूँदै गर्दा खुलेको शेयरबजारमा पोजेटिभ सर्किट लागेर बजार बन्द भएको छ ।निर्वाचनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेर आजको लागि शेयर कारोबार बन्द भएको छ।

कारोबार भएको केही मिनेट मै पहिलो सर्किट लाग्दा बजार २० मिनेटको लागि बन्द भएको थियो । २० मिनेट पछि खुलेको बजार समेत दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटको लागि कारोबार स्थगित भइ १२ बजेर १ मिनेटमा खुलेको बजार, तिव्र गतिमा बढ्ने क्रमलाई निरन्तरता दिँदै १२ बजेर १ मिनेट ३८ सेकेन्डमा नै ६ प्रतिशत बढेर तेस्रो सर्किट लागेको हो। तेस्रो सर्किट लागेसँगै यस दिनका लागि शेयर कारोबार बन्द भएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राष्टिय स्वतन्त्र पार्टीको प्रचण्ड बहुमत आएपछि राजनीतिक स्थिरता हुने र त्यसले नीतिगत सुधारर अर्थतन्त्रमा समेत सुधार हुने अपेक्षासहित लगानीकर्ताको मनोबल बढेको देखिएको छ ।
![]() |
![]() |
![]() |
|---|



