थ्रेसहोल्ड पार गर्दा हर्कको पार्टीले समानुपातिकबाट ४ सिट थपिने
काठमाडौं– चुनावको मुखैमा हर्क साम्पाङले खोलेको श्रम संस्कृति पार्टीले थप चार सिट पाउने भएको छ । २१ फागुनमा भएको निर्वाचनमा ३ सिट जितेको हर्कको श्रम संस्कृतिले समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्ने भएको हो ।

न्यूनतम थ्रेसहोल्ड पार गर्दा हर्कको पार्टीले समानुपातिकबाट ४ सिट पाउने देखिएको छ । अझै १० हजार बढी मत गणना बाँकी हुँदा हर्कको पार्टीले ३ लाख ४ हजार मत कटाइसकेको छ । अब १५ हजार हाराहारी मत थप्दा समानुपातिकमा श्रम संस्कृतिले ३ प्रतिशतको थ्रेसहोल्ड मत पाउने निश्चित हुनेछ ।
यसरी पहिलो प्रयासमै हर्कको पार्टीले कम्तिमा ७ सिटको हुने देखिएको छ । इलाम १ मा समेत श्रम संस्कृति र कांग्रेसका उम्मेदवारबीच टक्कर भइरहेको छ । यो सिट पनि जित्नसके श्रम संस्कृतिले ८ सिटसहित आफूलाई पाँचौँ शक्तिको रूपमा संसदमा उभ्याउनेछ ।
![]() |
![]() |
![]() |
|---|
रास्वपा, कांग्रेस, एमाले र नेकपापछि श्रम संस्कृति पाँचौ पार्टीको रूपमा उदाउन लागेको हो । यसपटक श्रम संस्कृति राप्रपाभन्दा पनि ठूलो पार्टी हुन लागेको हो ।
धरान उपमहानगरपालिकाको मेयर छोडेर हर्क सुनसरी– १ बाट उम्मेदवार बनेका थिए । उनीसहित यो पार्टीमा भोजपुरबाट ध्रुवराज राई र खोटाङबाट आरेन राई विजयी भएका छन् ।



