बालेनको निर्वाचनमा १४ लाख १७ हजार २८९ खर्च
काठमाडौं– झापा ५ बाट चुनाव जितेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । विवरणमा उनले १४ लाख १७ हजार २८९ खर्च गरेका छन् ।

उनले दुईवटा सवारीसाधनको १५ दिनको भाडा खर्च २ लाख ९३ हजार, पाँचपटकको हवाइ भाडा खर्च ३५ हजार, मतदाता प्रशिक्षण कार्यक्रमको खाजा खर्च ५८ जनाको लागि २८ हजार ९७०, १५ दिनको वडास्तरीय प्रचार कार्यक्रम (घरदैलो) २९ वडामा गर्दा ५ लाख ९० हजार, नमुना मतपत्र छपाईमा ४९ हजार ८५० खर्च गरेको विवरण पेस गरेका छन् ।
त्यस्तै, क्षेत्रीय निर्वाचन सञ्चालनको पानी खर्च २ महिनाको १ लाख २० हजार, क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनको स्टेशनरी खर्च २ महिनाको २२ हजार ८२०, प्रचारप्रसार सामग्री छपाई (झन्डा र ब्याच) १ लाख ५७ हजार ४१, प्रचारप्रसार सामग्री (ब्यानर तथा स्टिकर) १ लाख १९ हजार ८०८ र मनोनयन दर्ता को १० हजार गरेर १४ लाख १७ हजार २८९ खर्च भएको विवरण सार्वजनिक गरिएको छ ।
![]() |
![]() |
![]() |
|---|




