समानुपातिकमा ५ लाख मत गन्न बाँकी रास्वपाले ल्यायो ४७.९९ प्रतिशत
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । मतगणना भइरहेको समानुपातिकतर्फ भने अब ५ लाख मत गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार १ करोड ९ लाख मत समानुपातिकतर्फ खसेको थियो ।

हालसम्म गणना भएको समानुपातिकतर्फ कुल एक करोड ४ लाख १९ हजार २३४ मत मध्ये रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको छ ।
यस्तै नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १४ लाख ११ हजार ४२९ मत प्राप्त गरेको छ ।
![]() |
![]() |
![]() |
|---|
नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ६६ हजार ८७५ मत प्राप्त गरेको छ त्यस्तै श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५ मत प्राप्त गरेको छ
राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २४ हजार ८८१ मत पाएको छ



