को बन्छ नयाँ प्रधानन्यायाधीश? न्याय परिषद्ले गर्यो यी ६ को नाम सिफारिस
काठमाडौं । सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा सिफारिस गरेको छ। परिषद्को बैठकले योग्यता पुगेका सर्वोच्च अदालतका न्यायाधीशहरूको सूची वरिष्ठताको आधारमा पठाउने निर्णय गरेको हो।

परिषद्ले वरिष्ठताको क्रममा सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो। परिषद्का एक सदस्यका अनुसार अब संवैधानिक परिषद्ले यीमध्येबाट एक जनाको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गर्नेछ।
हालका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण आगामी चैत १८ गते अवकाशमा जाँदैछन्। सोही कारण समयमै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले रोस्टर तयार गरी संवैधानिक परिषद्मा पठाएको हो।
![]() |
![]() |
![]() |
|---|
नेपालको संविधानको धारा १२९ अनुसार प्रधानन्यायाधीशको नियुक्ति संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ। संवैधानिक परिषद्ले सिफारिस गरेपछि प्रस्तावित प्रधानन्यायाधीश संसदीय सुनुवाइ समितिमा प्रस्तुत हुन्छन्। सुनुवाइबाट अनुमोदन भएपछि मात्र नियुक्ति प्रक्रिया पूरा हुन्छ।
संवैधानिक व्यवस्थाअनुसार सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीशको रूपमा काम गरेको व्यक्ति प्रधानन्यायाधीश हुन योग्य हुन्छ। प्रधानन्यायाधीशको कार्यकाल ६ वर्षको रहने प्रावधान छ।
अहिलेसम्मको अभ्यासअनुसार संवैधानिक परिषद्ले प्रायः वरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीशका रूपमा सिफारिस गर्ने गरेको छ। सोही आधारमा हेर्दा वरिष्ठताको पहिलो नम्बरमा रहेकी सपना प्रधान मल्ल भावी प्रधानन्यायाधीश बन्ने सम्भावना बढी देखिएको छ। यद्यपि अन्तिम निर्णय भने संवैधानिक परिषद्को सिफारिस र संसदीय सुनुवाइपछि मात्र टुंगिनेछ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



