Close

युएईमा इरानी आक्रमणमा १५ नेपाली घाइते एकको मृत्यु

युएईमा इरानी आक्रमणमा १५ नेपाली घाइते एकको मृत्यु
  • २८ फाल्गुन २०८२, बिहीबार ०७:३६

काठमाडौं । इरान र इजरायल अमेरिका युद्ध चक्रँदै जाँदा युनाइटेड अरब इमिरेट्स (यूएई) मा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते भएका छन् । परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर इरानले प्रहार गरेको मिसाइल तथा ड्रोन आक्रमणममा परेर हालसम्म १५ नेपाली सामान्य घाइते भएको जानकारी दिएको हो ।

mulpatra

घाइते मध्ये १४ जना उपचारपछि आफ्नो काममा फर्किसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । एक जना उपचार क्रममा रहेको र उनको अवस्था समेत सामान्य रहेको मन्त्रालयले जनाएको छ । ड्रोन आक्रमण क्रममा अर्का एक गोरखाका विवेक श्रेष्ठको भने यूएईमा मृत्युु भएको थियो ।

उनको क्षतिपूर्तिका लागि यूएईस्थित नेपाली दूतावास मार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तीबाहेक अन्य क्षेत्रमा रहेका नेपाली भने सुरक्षित रहेको मन्त्रालयले जनाएको छ।

mulpatra mulpatra mulpatra

इरान इजरायल युद्ध चर्केसँगै खाडीबाट ६३ हजार नेपाली स्वदेश फर्किन आवेदन दिएका छन् । दिनहुँ जसो खस्ने इरानी ड्रोनहरुले मानिसहरु मर्ने र घाइते हुने सख्या थपिइरहेको छ ।

इरान इजरायल युद्धमा अमेरिका समेत सामेल भएपछि मध्यपूर्वका विभिन्न देशमा भएको अमेरिकाको सैन्य अखडामा इरानले निशाना बनाएर आक्रमण गर्दा खाडीमा रहेका लाखौं नेपालीसमेत जोखिममा परेका छन् । सबैभन्दा असर दुबई, कतार, कुवेत र बहराइनमा देखिएको छ ।

इरानले विशेषगरी अमेरिकी सैन्य संरचना रहेका खाडी अरब राष्ट्रहरू—कतार, बहराइन, कुवेत तथा यूएईस्थित अड्डाहरूतर्फ केन्द्रित गरि आक्रमण गरिरहेको छ । ती देशहरूमा अमेरिकी वायुसेना, नौसैनिक र मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ छन्।

Image Source: © https://mulpatra.com

नेपाल फर्कन चाहनेहरुलाई दुतावासमा दूतावासमा आवश्यक कागजात पेश गर्न आग्रह गरेको थियो। फर्कन चाहनेहरुले राहदानी र भिसाको फोटोकपीसहित यात्रा योजनाको विवरण दूतावासमा बुझाउन आग्रह गरेपछि ६३ हजारले स्वदेश फर्कन निवेदन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पश्चिम एसियाका केही स्थानबाट सीमित मात्रामा हवाई उडान सञ्चालन भइरहेकाले हाल उपलब्ध उडानमार्ग प्रयोग गरेर नेपाल फर्किन सकिने जनाएको छ। नेपालतर्फको उडान व्यवस्थालाई थप व्यवस्थित बनाउन सम्बन्धित निकायसँग छलफल तथा समन्वय भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com