कोशी प्रदेशमा समानुपातिक तर्फ एमालेलाई जम्मा २ लाख ८८ हजार मत
काठमाडौं । एमालेको गढ मानिने कोशी प्रदेशको समानुपातिक निर्वाचनमा नेकपा (एमाले)ले जम्मा २ लाख ८८ हजार १८६ मत ल्याएको छ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी दोश्रो हुँदा एमाले भने चौथो बढी मत ल्याउने दल बन्न पुगेको हो ।

कोशी प्रदेशमा २० लाख १ हजार ३७५ कूल सदरमतमध्ये रास्वपाले ८ लाख ५३ हजार १८३ मत ल्याएको छ। श्रम संस्कृतिले २ लाख ९२ हजार ४९ मत ल्याएको छ। नेपाली कांग्रेसले २ लाख ९० हजार ५६२ र नेकपा एमालेले २ लाख ८८ हजार १८६ मत प्राप्त गरेको छ।
नेपाली कम्युनिस्ट पार्टीले ९७ हजार ६७९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ६२ हजार ८९९ मत प्राप्त गरेको छ।
![]() |
![]() |
![]() |
|---|
कोशी प्रदेशको प्रत्यक्ष तर्फ जम्मा २८ वटा निर्वाचन क्षेत्र रहेकोमा रास्वपाले १७ सिट जितेको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)ले भने समान ४/४ सिट मात्र जित्न सके भने श्रम संस्कृति पार्टीले भने ३ सिट जितेको छ ।
समानुपातिक मतलाई हेर्दा कोशीमा रास्वपाले ४२.६३ प्रतिशत मत प्राप्त गरेको छ। श्रम संस्कृतिले १४.५९, कांग्रेसले १४.५२ र एमालेले १४.४० प्रतिशत मत प्राप्त गरेको छ।



