Close

Recent Posts

राप्रपाले हटायो एक उपाध्यक्ष राजभण्डारी एक केन्द्रीय सदस्यलाई

राप्रपाले हटायो एक उपाध्यक्ष राजभण्डारी एक केन्द्रीय सदस्यलाई
  • २९ फाल्गुन २०८२, शुक्रबार ०७:०५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी उपाध्यक्ष दिल विकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई जिम्मेवारीबाट मुक्त गरेको छ ।

mulpatra

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ ‘उपाध्यक्ष दिल विकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई साधारण सदस्य मात्र रहने गरि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको छु ।’

रापप्राले उपाध्यक्ष र सदस्य आचार्यलाई किन हटाएको भन्ने विवरण भने विज्ञप्तीमा उल्लेख गरिएको छैन । एक नेताका अनुसार उनीहरुले फागुन २१ को निर्वाचनमा पार्टी हित विपरित कार्य गरेको र सामाजिक सन्जालमा पार्टी विपरितका कुराहरु लेखेको आरोप लागेको छ ।

mulpatra mulpatra mulpatra