देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्

देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
  • ३० फाल्गुन २०८२, शनिबार ००:११

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमा ३ प्रतिशतभन्दा कम मत प्राप्त गर्ने राजनीतिक दलहरूको विवरण सार्वजनिक गरेको छ ।

mulpatra

आयोगका अनुसार समानुपातिकतर्फ ३ प्रतिशतभन्दा कम मत प्राप्त गर्ने राजनीतिक दलको संख्या ५१ रहेको छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो। तीमध्ये १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको निर्वाचन आयोगले जनाएको छ।

mulpatra mulpatra mulpatra

समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ निर्वाचन चिन्हमा बन्दसूची पेश गरिएको थियो। तर तीमध्ये ५१ वटा राजनीतिक दलले कुल सदर मतको ३ प्रतिशतभन्दा कम मत प्राप्त गरेका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (१२) अनुसार ३ प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले पाएको मत समानुपातिक सिट बाँडफाँटमा गणना नहुने आयोगले स्पष्ट पारेको छ।

जसपा नेपालले १ लाख८२ हजार २८५ मत प्राप्त ग¥यो । त्यस्तै जेनजी आन्दोलनमा घाइतेले दर्ता गराएको राष्ट्रिय परिवर्तन पार्टीले १ लाख७२ हजार ४८९ मत पाएको थियो ।

Image Source: © https://mulpatra.com

जनमत पार्टी लगायत ५१ वटा दलले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन सकेनन्। त्यसमध्ये ४ वटा दलले हजार मत पनि प्राप्त गर्न नसकेको आयोगले जनाएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com