Close

Recent Posts

इरानको सैन्य क्षमता पूर्ण नष्ट नभएसम्म आक्रमण जारी राख्ने ट्रम्मको घोषणा

इरानको सैन्य क्षमता पूर्ण नष्ट नभएसम्म आक्रमण जारी राख्ने ट्रम्मको घोषणा
  • १ चैत्र २०८२, आईतवार १२:१५

काठमाडौं– राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले गरिएका कूटनीतिक वार्ताका प्रयासहरूलाई अस्वीकार गरेको छ ।

mulpatra

दुई साताअघि अमेरिका र इजरायलको ठूलो हवाई आक्रमणबाट सुरु भएको यस युद्धलाई अन्त्य गर्न मध्यपूर्वी सहयोगी राष्ट्रहरूले पहल गरे पनि ह्वाइट हाउसले त्यसमा चासो देखाएको छैन ।

इरानको तर्फबाट पनि कडा प्रतिक्रिया आएको छ। अमेरिका र इजरायलका आक्रमणहरू नरोकिएसम्म इरान कुनै पनि युद्धविरामको सम्भावनालाई स्वीकार गर्न तयार छैन । इरानले यी आक्रमणहरूको स्थायी अन्त्य र क्षतिपूर्तिको माग गर्दै आएको छ, जसका कारण मध्यस्थताका प्रयासहरू हालका लागि निष्प्रभावी बनेका छन् ।

mulpatra mulpatra mulpatra

अमेरिका र इरान दुवै पक्ष कूटनीतिक संवादभन्दा सैन्य कारबाहीलाई नै प्राथमिकता दिइरहेका देखिन्छन् । यसले युद्ध लम्बिने संकेत गरेको छ । द्वन्द्वको दायरा बढ्दै जाँदा नागरिक हताहती बढेको छ भने इरानले ‘होरमुज जलडमरू’ बन्द गरिदिएपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको छ ।

शुक्रबार राति इरानको मुख्य तेल निर्यात केन्द्र ‘खार्ग टापु’ मा अमेरिकाले गरेको आक्रमणले राष्ट्रपति ट्रम्प आफ्नो सैन्य अभियानलाई निरन्तरता दिन दृढ रहेको पुष्टि गरेको छ । इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनीले होर्मुज जलडमरू बन्द राख्ने र छिमेकी देशहरूमाथि आक्रमणलाई थप तीव्रता दिने चेतावनी दिएका छन् ।

हालसम्मको यो युद्धमा इरानमा मात्रै २ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यसका साथै विश्वको कूल तेल आपूर्तिको पाँचौँ भाग (२०%) पार हुने होर्मुज जलडमरू बन्द हुँदा विश्वले हालसम्मकै ठूलो आपूर्ति सङ्कट सामना गरिरहेको छ ।

Image Source: © https://mulpatra.com

ओमान र इजिप्ट जस्ता देशहरूले युद्धअघि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका थिए। अहिले पनि उनीहरूले वार्ताको ढोका खोल्ने प्रयास गरिरहेका छन्, तर ह्वाइट हाउसले त्यसमा कुनै रुचि देखाएको छैन । ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले अहिले वार्ताको समय नभएको र सैन्य मिशनमा ध्यान केन्द्रित भइरहेको स्पष्ट पारेका छन् ।

ट्रम्प प्रशासनभित्रै युद्धको राजनीतिक र आर्थिक असरबारे फरक–फरक मत छन्। केही सल्लाहकारहरूले बढ्दो इन्धन मूल्यले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीलाई असर गर्न सक्ने भन्दै युद्ध छिटो अन्त्य गर्न दबाब दिइरहेका छन्। अर्कोतर्फ, केहीले इरानको क्षेप्यास्त्र कार्यक्रम पूर्ण रूपमा नष्ट नहुँदासम्म सैन्य आक्रमण जारी राख्नुपर्ने पक्षमा जोड दिएका छन्।

इरानको सुरक्षा निकाय र ‘इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स’ले आफ्नो अडान थप कडा बनाएका छन्। उनीहरूका अनुसार यदि होर्मुज जलडमरूमाथिको नियन्त्रण गुमेमा इरानले युद्ध नै हार्नेछ । त्यसैले, कुनै पनि युद्धविराम वा वार्ताका प्रस्तावहरू अस्वीकार्य रहेको र इरानका राजनीतिक नेतृत्वले यस्ता प्रयासमा संलग्न नहुने इरानी प्रष्ट पारेका छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com