फितलो परराष्ट्रनीति: युद्धरत अमेरिका–इजरायलको ‘अन अराइभल’ भिसा नरोकि इरानको मात्र किन रोकियो ?नेपालको समर्थन इजरायल–अमेरिकालाई हो त?
काठमाडौं– नेपालले इरानी नागरिकलाई ‘अन अराइभल’ भिसा दिन रोक लगाएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार इरानी नागरिकलाई ‘अन अराइभल’ भिसा दिन रोक लगाउने निर्णय गरेका हुन् ।

गृहमन्त्री स्तरीय निर्णय अनुसार अब नेपाल आउन चाहने विदेशी नागरिकले विदेशस्थित नेपाली नियोगबाट भिसा लिएर गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले जानकारी दिए । अहिलेको युद्धका अवस्था हेरे इरानीका हकमा ‘अन अराइभल’ भिसा नदिने भनिएको हो ।
तर ‘अन अराइभल’ भिसा नदिदै गर्दा युद्धरत देश अमेरिका र इजरायलका नागरिकका हकमा भने भिसामा रोक लगाइएको छैन । जसका कारण युद्धमा नेपालले अमेरिका र इजरायललाई सहयोग गरेको इरानको बुझाइ हुनसक्छ ।
![]() |
![]() |
![]() |
|---|
युद्धरत देश अमेरिका–इजरायलको ‘अन अराइभल’ भिसा नरोकि इरानको मात्र किन रोकियो भन्ने अहिले प्रश्नको विषय बनेको छ । नेपालको समर्थन इजरायल–अमेरिका हो त भन्न विषयमा प्रवक्ता काफ्लेले यसको जवाफ आफुसँग नभएको मात्र जानकारी दिए ।
उनले भने, ‘नेपाल प्रवेश गरेपछि दिइने आगमन प्रवेशाज्ञा मात्रै नदिने निर्णय गरिएको हो । अमेरिका–इजरायल विषयमा त्यस्तो केही निर्णय भएको छैन ।’
गृहमन्त्री स्तरीय निर्णय भएका कारण मूलपत्रले गृहमन्त्री ओमप्रकाश अर्यालपनि यस विषयमा प्रश्न सोध्न पटक–पटक सम्र्पक गर्दा उनले फोन उठाएनन् ।
Image Source: © https://mulpatra.com
नेपालको फितलो परराष्ट्रनीतिका कारण खाडीका देशका कार्यरत कामदारमा समस्या हुने परराष्ट्रविज्ञको बुझाइ छ ।
हाल इरानले जति खाडीमा देशमा आक्रमण गरिरहेको छ । जहाँ नेपाली कामदारको सुरक्षामा ध्यान समेत दिइरहेको र नेपाली कामदार भएको स्थानमा आक्रमण नगरेको समेत खाडीमा कार्यरत कामदारले नै बताइरहेका छन् ।
इरानले गृहमन्त्री स्तरीय निर्णयपछि नेपालले इजरायल र इरानको समर्थन गरेको भन्दै नेपाली कार्यरत क्षेत्रमा आक्रमण गर्नसक्ने विषयमा स्यंम कामदार नै चिन्तित छन् ।
अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार, यो निर्णयसँगै सरकारी र कुटनीतिक राहदानीवाहक बाहेकका इरानी नागरिकले विदेशस्थित नेपाली दूतावासबाट भिसा लिनुपर्छ । योसँगै नेपालमा ‘अन अराइभल’ भिसा प्राप्त नहुने मुलुकको संख्या १३ पुगेको छ ।
अनअराइभल भिसा नपाउने देशहरुमा नाइजेरिया, घाना, जिम्बाबे, स्विजरल्याण्ड, क्याम्रुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरिया छन् ।
शरणार्थी स्ट्याटसका यात्रा अनुमति प्राप्त कागजात भएका व्यक्तिले पनि नेपाल प्रवेश गर्दा विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएर मात्र नेपाल प्रवेश गर्न पाउने व्यवस्था छ । इरानी नागरिकलाई यसअघि दिँदै आएको अनअराइभल भिसा नदिने निर्णय गरिएको हो ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



