Close

Recent Posts

इरानले प्रहार गरेको साउदी ४३८ ड्रोन र ३६ मिसाइल खसाल्यो

इरानले प्रहार गरेको साउदी ४३८ ड्रोन र ३६ मिसाइल खसाल्यो
  • ४ चैत्र २०८२, बुधबार १८:४१

काठमाडौं– पश्चिम एशियामा जारी द्वन्द्व दिनप्रतिदिन झन् भयावह बन्दै गएको छ । मिसाइल र ड्रोन आक्रमणबीच यो द्वन्द्व अहिले १९औँ दिनमा प्रवेश गरिसकेको छ, जसका कारण सम्पूर्ण क्षेत्रमा तनाव चरम सीमामा पुगेको छ ।

mulpatra

अमेरिका र इस्राइलका आक्रमणपछि चर्किएको तनावका बीच इरानले पनि इजरायल तथा खाडी देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य बनाउँदै कडा प्रतिकार गरिरहेको छ ।

यसैबीच साउदी अरेबियाले सार्वजनिक गरेको तथ्यांकअनुसार, द्वन्द्व सुरु भएयता उसले हालसम्म ४३८ वटा ड्रोन र ३६ वटा मिसाइललाई नष्ट गरिसकेको छ ।

mulpatra mulpatra mulpatra

साउदी रक्षा मन्त्रालयका अनुसार यी आक्रमणहरू निकै ठूलो मात्रामा र निरन्तर भइरहेका छन्। पछिल्ला तीन हप्तादेखि साउदीको हवाई सुरक्षा प्रणाली उच्च सतर्कतामा रहेको छ ।

साउदी अरेबियाको पूर्वी क्षेत्रमा सबैभन्दा धेरै आक्रमण भएका छन्, जहाँ देशका ठूला तेल प्रशोधन केन्द्रहरू अवस्थित छन् । त्यसपछि शैबाह तेल क्षेत्र र राजधानी रियादबाट करिब ८० किलोमिटर टाढा रहेको अल–खारजस्थित प्रिन्स सुल्तान एयर बेसमा पनि मिसाइल प्रहार गरिएको छ ।

क्षेत्रका अन्य देशहरू पनि आक्रमणबाट अछुतो छैनन् । संयुक्त अरब इमिरेट्स (यूएई) मा १६५ भन्दा बढी मिसाइल र ५४१ ड्रोन आक्रमण भएका छन् ।

Image Source: © https://mulpatra.com

कुवैतमा ९७ मिसाइल र २८३ ड्रोन प्रहार गरिएको छ । कतार र बहरेन पनि पटक–पटक आक्रमणको चपेटामा परेका छन् ।

ओमान पनि सुरक्षित रहन सकेन; इरानी ड्रोनले दुक्म बन्दरगाहलाई निशाना बनाएको छ ।

यति धेरै आक्रमणका बाबजुद इरानले आफ्नो लक्ष्य केवल अमेरिकी र इजरायली सैन्य अड्डाहरू मात्र भएको दाबी गरेको छ, नागरिक वा आर्थिक क्षेत्र नभएको बताएको छ ।

तर खाडी देशहरूले भने यो दाबी अस्वीकार गर्दै इरानी राजदूतहरूलाई बोलाएर कडा विरोध जनाएका छन् ।

बढ्दो तनावलाई मध्यनजर गर्दै साउदी अरेबियामा बुधबार अरब तथा इस्लामिक देशहरूका विदेश मन्त्रीहरूको आपतकालीन बैठक आयोजना गरिएको छ ।

साउदी विदेश मन्त्रालयका अनुसार, बैठकको उद्देश्य सदस्य राष्ट्रहरूबीच समन्वय र परामर्श बढाई क्षेत्रीय शान्ति र सुरक्षा कायम राख्नु हो ।

विश्लेषकहरूका अनुसार यदि आक्रमण यस्तै रूपमा जारी रह्यो भने कूटनीतिक समाधानको सम्भावना झन् कमजोर हुँदै जानेछ । हवाई सुरक्षामाथि दबाब बढ्दै गएको छ र तत्काल युद्धविराम हुने संकेत देखिँदैन ।

एजेन्सीबाट

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com