Close

Recent Posts

समस्याग्रस्त सहकारीका ऋणीबाट सवा करोड असुली

समस्याग्रस्त सहकारीका ऋणीबाट सवा करोड असुली
  • ३ असार २०८३, बुधबार २१:१८

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठमा १ करोड २० लाख रुपैयाँ कर्जा असुली गरी ५९ लाख बचत फिर्ता गरेको छ ।

mulpatra

जेठ २०८३ मा १० हजारभन्दा कम बचत भएका ८ सहकारीका एक हजार ४ सय ५२ जनाको बचत फिर्ता गरेको समितिको कार्यालयले जनाएको छ । समितिले सम्बन्धित सहकारीबाट असुली भएको रकमबाट साना बचतकर्तालाई रकम फिर्ता गरेको हो ।

समितिले ५९ लाख ४ हजार बचत फिर्ता गरेको छ भने १ सय २२ जनाको ५१ लाख ५१ हजारको बचत मिलान गरिएको तथा १२ सहकारीका ऋणीबाट १ करोड २० लाख ४६ हजार ऋण रकम असुली गरेको कार्यालयले जनाएको छ ।

mulpatra mulpatra mulpatra

समितिले बचत फिर्ता, ऋण असुली तथा सम्पत्ति व्यवस्थापन कार्यविधि २०८३ स्वीकृत गरी सोही बमोजिम काम सुरु भएको समस्याग्रस्त सहकारी संस्था पुनस् संरचना तथा व्यवस्थापन कार्यविधि २०८३ जारी गरेको छ ।

सोही बमोजिम सहकारी संस्था व्यवस्थापनका लागि सार्वजनिक सूचना आह्वान भएको संस्थागत पुनर्संरचना गर्न समितिको कार्यालयमा कार्यरत कर्मचारीलाई नयाँ संगठनात्मक संरचना स्वीकृत गरी कर्मचारी पदस्थापन तथा जिम्मेवारी बाँडफाँट गरिएको कार्यालयले जनाएको छ ।

समस्याग्रस्त सहकारीका ऋणी पहिचान गरी रोक्का राख्ने साथै त्यस्ता ऋणीको तीनपुस्ते विवरण तयारी तथा सार्वजनिक गर्ने कार्य नियमित भइरहेको र बचत फिर्ताका लागि बाँकी करिब ४४ हजार मागदाबी निवेदन चरणबद्ध प्रमाणीकरणको काम भइरहेको कार्यालयले जनाएको छ ।

Image Source: © https://mulpatra.com

१० हजारभन्दा कम बचत भएका साना बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने १४ सहकारीमध्ये ६ सहकारीको बचत फिर्ता सम्पन्न भएको छ । सहकारीको फिर्ता दैनिक भइरहेको छ भने २ सहकारीको तेस्रो पक्षको जिम्मेवारीमा फिर्ता भएको रकम लगत संकलन भइरहेको कार्यालयले जनाएको छ ।

बाँकी सहकारीको मागदाबी प्रमाणीकरण कार्य भइरहेको, ४ बचतकर्ताको मागदाबी रुजु तथा संशोधन गर्न छुट्टै सहयोग कक्ष राखी सेवा सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

त्यसैगरी बचत अपचलनबाट जोडिएको समस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक, पूर्वसञ्चालक लगायतको सम्पत्ति खोजी गर्न रणनैतिक योजना सहित टोली परिचालन गरिएको कार्यालयले जनाएको छ

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com