रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर
काठमाडौं– यहाँका होटल व्यवसायीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम केन्द्रीय महाधिवेशनमा आउने प्रतिनिधि र पर्यवेक्षक पाहुनाको सम्मानमा कुनै कमी हुन नदिने बताएका हुन् ।

आगामी असार ७ गतेदेखि ९ गतेसम्म चितवनको भरतपुरमा रास्वपाको प्रथम महाधिवेशन हुँदैछ ।
होटल व्यवसायी संघ चितवनका अध्यक्ष ऋषिकेश अर्यालले यहाँ आयोजना हुन गइरहेको रास्वपाको प्रथम केन्द्रीय महाधिवेशनमा आउने पाहुनाका लागि आवासमा २५ प्रतिशत, खाना र पेयपदार्थमा १० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए ।
![]() |
![]() |
![]() |
|---|
भरतपुर महानगरभित्र र गैँडाकोट क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टमा महाधिवेशनमा आएका पाहुनालाई छुटको व्यवस्था गरिएको हो । पाहुनाले छुट पाएरनपाएको अनुगमन गर्नका लागि समितिसमेत गठन गरिएको छ, क्षेत्रीय होटल सङ्घका अध्यक्ष ओमप्रकाश पाण्डेले बताए ।
क्षेत्रीय होटल सङ्घमा ९० होटल रहेका छन् । ती होटलको क्षमता १० हजारजना अट्ने क्षमता रहेको बताइएको छ । होटल सङ्घमा ६७१ सदस्य रहेका छन् । सङ्घभित्र चिया पसलदेखि रेष्टुराँ हुँदै होटलहरु भएकाले यकिन क्षमता भन्न नसकिने सङ्घले जनाएको छ ।
रास्वपा महाधिवेशनका लागि गठित आवास तथा भोजन उपसमितिका संयोजक राजन गौतमले चितवनका होटलका तीन हजारभन्दा बढी कोठा रास्वपाका प्रतिनिधि र पर्यवेक्षकले भरिने बताए ।
Image Source: © https://mulpatra.com
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले आवासको खर्च आफैँ व्यहोर्ने व्यवस्था गरिएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



