इजरायलका प्रधानमन्त्री नेतन्याहू जिउँदा छन् कि छैनन् ?
काठमाडौं– पश्चिम एशियामा जारी युद्ध अहिले १९औँ दिनमा प्रवेश गरिसकेको छ ।

विश्वभर चिन्ता उच्च स्तरमा पुगेको अवस्थामा पछिल्ला केही दिनदेखि इस्राइलका प्रधानमन्त्री बेंजामिन नेतन्याहूको मृत्युबारे अफवाहहरू तीव्र रूपमा फैलिएका छन् ।
सामाजिक सञ्जालमा भाइरल भएका पोस्ट, एआईद्वारा बनाइएका भनिएका भिडियोहरू र राजनीतिक टिप्पणीहरूका कारण धेरैले प्रश्न उठाएका छन —के नेतन्याहू साँच्चै जीवित छन् त? भन्ने प्रश्न सुरु भएको छ ।
![]() |
![]() |
![]() |
|---|
सामाजिक सञ्जाल ‘एक्स’ मा साझा गरिएको भिडियोमा उनले अफवाहको कडा खण्डन गर्दै भनेका छन्, ‘म अझै जीवित छु ।’
केही दिनअघि नेतन्याहूको एउटा भिडियो सार्वजनिक भएको थियो, जसलाई लिएर धेरैले यो एआईबाट बनाइएको (डीपफेक) हुनसक्ने दाबी गरे । कतिपयले उक्त भिडियोमा उनको हातमा छ वटा औँला देखिएको भन्दै शंका व्यक्त गरे ।
यी सबै दाबीहरूको बीच नेतन्याहूले लगातार भिडियो सार्वजनिक गर्दै आएका छन् । एउटा भिडियोमा उनी कफी हाउसमा देखिए, तर त्यसमा पनि धेरैले प्रश्न उठाए ।
Image Source: © https://mulpatra.com
अन्ततः उनले अमेरिकी दूतसँगको नयाँ भिडियो सार्वजनिक गर्दै आफ्नो उपस्थितिलाई प्रमाणित गर्ने प्रयास गरेका छन् ।
उक्त भिडियोमा उनले एउटा कार्ड देखाउँदै इरानमाथि पनि टिप्पणी गरेका छन् । उनले इस्राइलले इरानका दुई उच्च नेताहरू अली लारिजानी र गुलाम रजा सुलेमानीलाई मारिएको दाबी गरेका छन् । त्यसको जवाफमा इरानले ती मृत्युहरूको पुष्टि गर्दै बदला लिने चेतावनी दिएको छ ।
एजेन्सीबाट
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



