आजको दिनसम्म मन्त्रिपरिषद्को कुनै पनि टुंगो नलागेको रविको भनाइ

आजको दिनसम्म मन्त्रिपरिषद्को कुनै पनि टुंगो नलागेको रविको भनाइ
  • ४ चैत्र २०८२, बुधबार १४:२०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आजको दिनसम्म मन्त्रिपरिषद्को कुनै पनि टुंगो नलागेको जानकारी गराएका छन् ।

mulpatra

पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य राख्दै उनले अब बन्ने मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको बताए ।

‘अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन । हामीले तपाईंहरू सबैलाई चिनेका छौं । बलियो मन्त्रिपरिषद् बनाउँछौं,’ रविले भनेका छन् ।

mulpatra mulpatra mulpatra

अहिलेसम्म देशलाई यो अवस्थामा ल्याएको अव यसलाई रास्वपाले अगाडि बढाउने उनको भनाइ थियो। पुराना दल र नेतालाई स्मरण गर्दै लामिछानेले भने, ‘इतिहास तपाईले लेख्नु भयो, भविष्य हामी बनाउँछौँ।’

उनले आफ्ना नेता र कार्यकर्तालाई पुराना दलका नेतालाई कटाक्ष नगर्न पनि आग्रह गरे। ‘कुनै पनि पुराना दल र नेतालाई कटाक्ष भयो भने त्यो अनर्थ हुन जानेछ,’ उनले भने।

सभापति लामिछानेले आफ्ना नेता, कार्यकर्ता र समर्थकलाई पनि संयमित भएर प्रस्तुत हुन आग्रह गरे। ‘विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, विजेता हुनेको छाडा हुनु होइन। विपक्षीलाई कटाक्ष गर्ने अधिकार प्राप्त हुनु होइन,’ उनले भने।

Image Source: © https://mulpatra.com

उनले सामाजिक सञ्जाल वा अन्य माध्यममा संयमित भएर प्रस्तुत हुन आफ्ना समर्थकलाई आग्रह गरे। अहिलेसम्म बनेको रास्वपा समर्थकको छवि सुधार्नुपर्ने उनको भनाइ थियो। ‘हाम्रा समर्थक अराजक छन्, असहिष्णु छन्, गाली गरिहाल्छन् भन्ने छवि बनेको छ। अब त्यसबाट बाहिर निस्कनुपर्छ,’ उनलेभ ने।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com