आज समानुपातिक संसदलाई प्रमाणपत्र प्रदान गर्दै आयोग
काठमाडौँ । गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा छानिएका समानुपातिक सांसदलाई निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले आज बिहान ११ बजे आयोगमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने जानकारी दिएका छन् ।

समानुपातिकतर्फबाट ११० सांसद निर्वाचित हुने संवैधानिक व्यवस्था बमोजिम छानिएका सांसदलाई आयोगले प्रमाणपत्र वितरण गर्ने व्यवस्था रहेको छ । आयोगले राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा एमालेलाई १६, नेपाली कम्युनिस्ट पार्टीलाई ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ४,४ सांसद पाएका छन् ।
प्रमाणपत्र वितरण गरेपछि बिहीबार दिउँसो प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने र बिहीबार अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाउने समय तय भएको आयोगले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
आयोगले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएपछि साँझ साढे ५ बजे पत्रकार सम्मेलन गरेर निर्वाचनसम्बन्धी सम्पूर्ण जानकारी दिने बताएको छ ।



