गगन थापाले दिए कांग्रेस सभापति पदबाट राजिनामा
काठमाडौँ । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले राजिनामा दिएका छन् । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक यहि चैत ६ मा बस्ने गरी बोलाइएको छ । सोही बैठकमा सभापतिको राजीनामाबारे औपचारिक रूपमा छलफल हुने एक पदाधिकारीले बताएका छन् । थापाको राजिनामा दुई विकल्पमा छलफल गर्ने गरि आएको निकट श्रोतले जनाएको छ । केन्द्रिय कार्यसमितिको बैठकले सभापति थापाको राजिनामा अस्विकृत गर्ने की कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विश्वप्रकाश शर्मालाई दिएर महाधिवेशनमा जाने र पुनः सभापतिमा दोहोरिने बारे छलफल भइरहेको समेत ति पदाधिकारीले बताएका छन् ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर देखाएर भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ ।
![]() |
![]() |
![]() |
|---|
थापा विशेष महाधिवेशनबाट निर्वाचित भए लगत्तै आम निर्वाचन घोषणा भएर चुनावमा होमिएको कांग्रेसले अप्रत्यासित हार व्यहोर्नु परेको छ । रास्वपाले दुई तिहाइ नजिक सिट जितेपछि थापामाथि नैतिक दबाब थपिएको थियो । देशभरिबाट जम्मा १८ सिट मात्र जितेको र समानुपातिक मत समेत घटेपछि थापामाथि नियमित महाधिवेशन घोषणा गर्न समेत केही पदाधिकारीले सुझाएका थिए । समापति थापा स्वयं सर्लाही ४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरेका छन् ।



