सर्वदलीय बैठक आव्हान गर्यो संघीय संसद् सचिवालयले
काठमाडौँ । संघीय संसद् सचिवालयले राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्न आज दिउँसो २ बजे सिंहदरबारमा बैठक बोलाईएको संसद सचिवालयले जनाएको छ ।

बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्ने गरि बोलाइएको छ । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ६ दल मात्र राष्ट्रिय पार्टी बन्न सफल भएको छ । राष्ट्रिय पार्टी बनेका राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले , नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठकमा सहभागी जनाउने छन् ।
नयाँ जनादेश अनुसार १८२ सिट जितेको रास्वपा र अन्य दलहरु मिली कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न लागेको समेत सचिवालयले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|



