समानुपातिक सांसदको प्रमाणपत्र लिने किन गएनन् केसी र बादल
काठमाडौ– निर्वाचन आयोगले बिहीबारका लागि तय गरेको समानुपातिक सांसदको प्रमाणपत्र लिने कार्यक्रममा कांग्रेस नेता अर्जुन नरसिंह केसी र एमाले उपाध्यक्ष रामबहादुर थापा बादल अनुपस्थित रहेका छन् ।

अन्य समानुपातिक सांसदले निर्वाचन आयोगमा पुगेर प्रमाणपत्र लिएपनि दुई सांसद भने अनुपस्थित रहेका हुन् ।
यस्तै नेता बादल भने अनुपस्थित रहनुको कारण खुलेन । उनलाई सम्पर्क गर्दा सम्पर्कमा आएनन् ।
![]() |
![]() |
![]() |
|---|



