भोली स्वीकृत होला त गगनको राजीनामा ?
काठमाडौं– शुब्रबार बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता पार्टी उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन् ।

पार्टी सभापति गगन थापाले राजीनामा दिएपछि उपसभापति शर्माले बैठकको अध्यक्षतामा गर्ने भएका हुन् ।
थापाले २१ फागुनको निर्वाचनमा भोगेको हारको नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार राजीनामा पत्र बुझाएका छन् ।
![]() |
![]() |
![]() |
|---|
राजीनामापछि विकसित परिस्थितिबारे छलफल गर्न नेपाली कांग्रेसले शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । उक्त बैठकमा उहाँको राजीनामामाथि विस्तृत छलफल हुने बताइएको छ। उक्त बैठकले थापाको राजीनामा अस्वीकृत गर्ने र राजीनामा फिर्ता लिन आग्रह गर्ने छ ।
बैठकमा उनले सभापति गगनकुमार थापाले राजीनामा दिएकोबारे जानकारी गराउने छन्। बैठकमा कांग्रेसले निर्वाचनमा भोगेको पराजयको प्रारम्भिक विवरण पेस हुनेछ भने उपसभापति शर्माले पराजयबारे प्रारम्भिक विवरण बैठकलाई जानकारी गराउने छन् ।
कांग्रेसले यसअघि नै सबै क्षेत्रमा परिपत्र गरेर निर्वाचन पराजय भएको कारण खुलाएर पत्र पठाउन भनेको छ । पराजय भएको र निर्वाचित भएको दुवैतर्फबाट कारण खुलाएर पत्र पठाउन भनेको छ ।
Image Source: © https://mulpatra.com
२७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको १३४ सदस्यीय नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



